शनिबार, वैशाख ८, २०८१

सिके राउतको विखण्डन छाया नेकपामा प्रवेश 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौ- मधेशलाई अलग राज्यको माग गर्दै आएका सिके राउत  शुक्रबार प्रधानमन्त्री केपी ओलीसँगै एकाएक उदाए। उनी बिहीबार मात्र सर्बोच्चको आदेशबाट तारेखमा रिहा भएका थिए। राष्ट्रिय सभा गृहमा सिके राउत उदाएपछि उनले विखण्डनको मुद्दा छोडेको घोषणा गरियो र एक प्रकारको हर्षोल्लास पनि मनाइयो।  तर राउतको उदयले विखण्डनको मुद्दा कति पराजित भयो, त्यो समयले बताउँछ। तर उनको उदयले नेकपा भित्र  भने चिरा चर्किएको छ।
 
सिके राउतसँग भएको रहस्यमय डिलबारे पार्टीभित्रैबाट प्रश्न उठेको छ ।उनलाई वार्तामा कसरी ल्याइयो के गरी ल्याइयो भन्ने बिषयमा विवाद चुलिएको छ। सचिवालयको बैठकमा समेत सदस्यहरुले आपति जनाएका छन् ।

स्थायी समिति सदस्य भीम राववले राउतसँग भएको सहमतिप्रति असन्तुष्टी जनाउँदै सार्वजनिक अभिव्यक्ति नै दिएका छन् । यसले नेकपाको आन्तरिक राजनीतिलाई तरंगित गरेको छ। उनले यस विषयमा पार्टी भित्र समेत छलफल नभएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले राउतले बिगतमा देश बिखण्डन गरेकोमा गल्ति गरेँ भनेर पश्चाप नगरेको भन्दै आपति जनाएका छन् । 

यस विषयमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ समेत असन्तुष्ट रहेको बताइएको छ। यसैकारण पार्टीका बरिष्ठ नेता  नेपाल आफ्नो गृह जिल्ला रौतहटको गरुडामा शनिबार आयोजना भएको पार्टीको सभामा सहभागी नहुने जानकारी अध्यक्ष ओलीलाई दिएका थिए। तर पटकपटक आग्रह गरेपछि पछि नेपाल सभामा सहभागी भएको स्रोतले बतायो। स्थानीय तहबाटै ठूलो दबाब आएपछि ओलीले जसरी पनि नेपाललाई लिएर जानुपर्ने भन्दै फकाएका थिए।

रौतहटको गरुडामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश स्तरीय वृहत् सभाको आयोजना गरेको छ ।  यसले सिके कान्डले पार्टीभित्र जटिल रुप लिनसक्ने संकेत दिएको छ। केही समययता नेता नेपालले सरकार र पार्टीको नेतृत्वप्रति सार्वजनिक असन्तुष्टि जनाउँदै आएका छन्।

विषेशगरी, सिके राउतसँगको सरकारी सहमति र गृहमन्त्रालयले नै विशेष कार्यक्रम गर्नुलाई नेता नेपालले उचित मानेका छैनन् । नेकपाका एक नेताले भने, सिके राउतलाई जुन सम्मानका साथ स्पेस दिन खोजिएको छ। त्यो अस्वभाविक र रहस्यमय देखिन्छ । त्यसले राम्रो संकेत दिएको छैन। 

पछिल्लो समय दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच भने हिमचिम बढेको छ । उनीहरुले लगातार सँगसँगै संयुक्त सम्बोधन गर्दै आएका छन् । सिके राउतलाई बालुवाटार भित्राउने डिजाइनमा पनि ओली र प्रचण्ड दुवै उत्तिकै सक्रिय रहेको बताइएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।