काठमाडौं - नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले दोस्रो विवाह गरेका छन्। २०६४ सालमा गरिएको पहिलो विवाह लामो सममयसम्म चल्न नसकेपछि उनले शनिबार बिहान दोस्रो विवाह गरेका हुन्।
ललितपुरको बंगलामुखी मन्दिरमा उनले कञ्चनपुरकी लक्ष्मी जोशीसँग लगनगाँठो कसेका हुन्। त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गराइरहेकी जोशी पछिल्लो एक दशकदेखि एकल जीवन बिताउँदै आइरहेकी थिइन्। श्रीमानसँग सम्बन्ध विच्छेद गरिसकेकी लक्ष्मी र अमरेशबीच केही वर्षअघि परिचय भएको थियो। मित्रतामा रुपान्तरित भएको चिनजान अहिले वैवाहिक जीवनमा बदलिएको हो।
सांसद अमरेशकोे यसअघि २०६४ सालमा झापाकी एक युवतीसँग विवाह भएको थियो। तर, वैवाहिक जीवन चल्न नसकेपछि तीन वर्षपछि उनको सम्बन्ध विच्छेद भएको थियो। शनिबार बंगलामुखीमा सम्पत्र वैवाहिक समारोहमा अमरेश र लक्ष्मीका केही आफन्त तथा साथीहरुको उपस्थिति रहेको थियो। सिंह सर्लाही ४ बाट निर्वाचित सांसद हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४