बुधबार, वैशाख १२, २०८१

अनुको त्यो अधुरो सपना...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अनु लामा! नेपाली महिला फुटबलमा आफ्नो अनौठो किसिमको छाप बनाएकी एक राष्ट्रिय टोलीकी स्ट्राइकर। जो नेपाली महिला फुटबल टोलीकी पूर्व कप्तान समेत हुन्। उनको जीवनमा एउटा सपना थियो, ‘त्यो सपना भनेको घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेलेर खेल जीवनबाट सन्यास लिने।’ तर, यतिवेला उनको त्यो सपना सपनामै सिमित बनेको छ। 

सपनामै सिमित बन्नुको कारणहो उनलाई यही फागुन २८ गतेबाट घरेलु मैदान विराटनगरस्थित शहिद रंगशालामा हुने साफ च्याम्पियनसिप प्रतियोगिताका लागि टोलीमा नअटाइनु। उनले नेतृत्व गरेको नेपाली महिला फुटबल टोलीले थुप्रै खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो। महिला टोलीको सिर उचो राख्न महत्वपूर्ण मूमिका खेलेकी अनुले आफ्नो खेल जीवनमा २४ अन्तर्राष्ट्रिय खेल खेल्दै ३५ गोल गरेर नेपालको शिर उचो पारेकी छन्। 

अनु नेपाली महिला टिमका लागि मात्र नभई सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने खेलाडी अग्र मोर्चामा छिन्। सन् २०१० मा भएको दक्षिण एसियाली खेलकुदको यू-२३ टिमबाट अनुले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई रजत पदक जिताएकी थिइन्। त्यस लगत्तै उनी सिनियर टिममा स्थान बनाउन सफल भइन्। उनले कुल पाँचवटा ह्याट्रिक गरिसकेकी छन्। यसबाट पनि उनले नेपालको खेलका लागि पुर्याएको योग्दान प्रस्ट हुन्छ।

सन् २०१० मा पहिलो पटक साफच्याम्पियनसिप खेलेकी अनुले सोही प्रतियोगितामा तीन ह्याट्रिकसहित १२ गोल गरेकी थिइन्। दोस्रो संस्करणमा उनले पाँच गोल गरिन्। त्यस्तै २०१४ को तेस्रो संस्करणमा पाँच गोल गर्दै उनले सनसनी मच्चायकी थिइन्। चौथो संस्करणमा भारत र नेपाल सेमिफाइनलमा भिडेका थिए। उक्त प्रतियोगितामा नेपाल भारतसँग ३-१ ले पराजित भएको थियो। यो प्रतियोगितामा चोटका कारण अनुले सहभागीता जनाउन सकेकी थिइनन्।

घुँडाको इन्ज्युरीका कारण करिव डेढ वर्ष मैदान बाहिरै रहेकी अनु यही फागुनमा भारतमा सम्पन्न हिरो गोल्ड कपमाबाट पुनः टोलीमा फर्किइन्। मैदानमा फर्किएसँगै उनले सपाना बोकेकी थिइन् की घरेलु मैदानमा आयोजना हुने पाँचौ साफमा सहभागिता जनाउँदै राष्ट्रिय टिमबाट बिट मार्छु। 

तर, उनले सोचे जस्तो हुन सकेन्। घरेलु मैदानमा घरेलु समर्थकको साथ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै खेल जीवनबाट सन्यास लिने सपना कस्को नहोलार? सोहि सपना बोकेर बन्द प्रशिक्षणमा रहेकी अनु, बिहिबार सार्वजनिक गरेको २० सदस्यीय महिला फुटबल टोलीमा नपरेपछि निरास बनेकी छिन्। 

टिममा नपरे पछि अनुले अब राष्ट्रिय टोलीबाट नखेल्नेसमेत घोषणा गरेकी छन्। उनी यसअघिका महिला साफ च्याम्पियन्ससिपमा भारतसँग लगातार तीन पटक भोगेको हारको प्रतक्ष्य दर्शीसमेत हुन्। जुन पीडालाई आफ्नो घरेलु मैदानमा बिर्साउन उनले उत्कृष्ट प्रदर्शन गर्दै खेल जीवनबाट बिट मार्ने सपना बोकेकी थिइन्। 

‘साफमा भारतलाई हराउँदै च्याम्पियन बन्ने हामी सबैको लक्ष्य र सपना हुन्छ’, उनले भनेकी थिइन्, ‘केही गर्छु भनेर टोलीमा फर्किएकी थिए। डेढ-दुई वर्षपछि भारतमा सम्पन्न हिरो गोल्डकपका लागि टोलीमा फर्कदा आफूमा आत्मविश्वास थपिएको थियो।’ अनुले भनिन्, ‘तर, अहिले त्यो आत्मविश्वास हराएर गएको छ।’ 

‘पाँचौं साफ च्याम्पियनसिप मेरा लागि अन्तिम मौका थियो। जुन मेरो खेल जीवनको सबैभन्दा सम्झिन योग्य प्रतियोगिता बन्ने थियो। तर, त्यसो हुन सकेन्,’ अनुले भनिन्। ‘प्राविधिक पक्षमा हेर्ने हो भने नेपालमा अनु जस्तो खेलाडी कोही पनि नरहेको प्रशिक्षक हरि खड्काले बताएका थिए। 

३१ वर्षे अनुले नेपाली फुटबलमा दिएको योगदान महत्वपूर्ण छ। अघिल्ला संस्करणको तुलनामा नेपाली टिम अहिले निकै राम्रो छ। टिममा सावित्रा भण्डारी र अनिता बस्नेत अग्रपंक्तिमा छन्। जसले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताको अनुभवसमेत लिइसकेका छन्। त्यस्तै मञ्जली योञ्जन, निरु थापा, दिपा राई लगायतका खेलाडी पनि नेपालका लागि मुख्य हतियार हुन्। यसपाली यी उत्कृष्ट खेलाडीको सहारामा नेपालले उपाधी उचाल्ने विश्वास लिइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।