शनिबार, वैशाख ८, २०८१

युभेन्ट्सको सहज जित, शीर्ष स्थान कायमै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- इटालियन सिरी ‘ए’ लिग फुटबलमा युभेन्ट्सले शीर्ष स्थान कायमै राखेको छ । शुक्रबार राति आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिएको युभेन्ट्सले उडीनेसलाई ४-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै शीर्ष स्थान कायमै रखेको हो ।

घरेलु मैदानमा युभेन्ट्सको जितका लागि मोइसे किनले दुई गोल गरे । इम्री क्यान र ब्लेइस माटुइड़ीले एक एक गोल गर्दा उडीनेसका लागि केभिन लासङ्गाले एक गोल फर्काएका थिए ।

पहिलो हाफमा २-० को अग्रता बनाएको युभेन्ट्सले दोस्रो हाफमा थप दुई गोल गर्दै एक गोल खान पुगेको थियो । खेलको ११ औं मिनेटमा मोइसे किनले गाले गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । 

३९ औं मिनेटमा मोइसले व्यक्तीगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका हुन् । खेलको ६७ औं मिनेटमा इम्री क्यानले पेनाल्टीमा गोल गर्दै अग्रता तेब्बर पारे । 

७१ औं मिनेटमा ब्लेइसले गोल गर्दै युभेन्ट्सको अग्रता ४-० को बनाए । ८४ मिनेटमा उडीनेसका केभिनले गोल गर्दै खेलका फर्किने प्रयास गरेका थिए । तर, थप गोल हुन नसक्दा खेल युभेन्ट्सले ४-१ ले जितेको हो । 

यस जितसँगै युभेन्ट्सले लिगमा १९ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले २७ खेलबाट ७५ अंक जोडेको छ । दोस्रो स्थानको नेपोलीको २६ खेलबाट ५६ अंक छ । पराजित उडिनेस २५ अंकसहित १५ औं स्थानमा छ  ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।