शुक्रबार, वैशाख ७, २०८१

भिभोले ल्यायो उच्च प्रविधिको नयाँ स्मार्टफोन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- भिभोले आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन भी १५ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। उक्त भिभो प्रो पहिलो मोडल हो। जसमा भिभो नेक्सपछि उद्योगकै पहिलो एलेभेटिंग फ्रन्ट क्यामरा प्रयोग गरिएको कम्पनीले जनाएको छ।

कम्पनीको अनुसार ग्राहकहरुको आवश्यकताअनुसार आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरिएको छ। इन्टेलिजेन्स पर्सनल असिस्ट्यान्टका साथमा फूल स्क्रीन स्मार्टफोन ल्याएको हो। भिभोले पुनः एक पटक एलेभेटिंग क्यामरा ल्याएको जनाएको छ। भी सिरिजमा उच्च स्तरका प्रविधिहरु तथा फीचरहरु राखिएको छ। जसले फोनलाई प्रिमियम फोनको अनुभव दिने कम्पनीको भनाइ छ।

एलेभेटिंग फ्रन्ट क्यामराका अतिरिक्त भी १५ प्रोमा एआई ट्रिपल क्यामरा सेटअप रहेको छ। जुन व्यवसायीक फोटोग्राफीका लागि सहयोगी हुनेछ। साथै इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंग समेत राखिएको कम्पनीको भनाइ छ। बेजेललेस डिस्प्ले प्रदान गरेको छ। गेम चेन्जिंग फीचहरु राखिएको छ। उच्च गुणस्तरको क्यामराहरु, स्मार्टर एआई सर्भिसेज लगायतले मोबाइल अनुभवलाई नयाँ आयाम प्रदान गर्ने भिभो नेपालका ब्राण्ड प्रमुख पेङ्गदाले बताएका छन्।

त्यस्तै स्मार्टफोनका अन्य विशेषताहरुमा एलेभेटिंग फ्रन्ट क्यामराका साथमा ठूलो साइजको डिस्प्ले राखिाएको छ। स्मार्टफोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ। ९१.६४ प्रतिशत स्क्रीन टू बडी रेसियो रहेको छ। जसले गेमिंग र भीडियो हेर्नका लागि सहजता प्रदान गर्दछ। ६.३९ इन्चको सुपर एमोलेड अल्ट्रा फूलभ्यू डिस्प्ले प्रयोग गरिएको छ। जसमा १९.५ः९ एस्पेक्ट रेसियो रहेको कम्पनीले जानकारी गराएको छ।

स्मार्टफोनमा ट्रिपल एआई रियर क्यामरा, जसमा भएको ४८ मिलियन क्वाड पिक्सेल सेन्सरका कारणले सफल रहेको कम्पनीको दावी छ। ८ मेगापिक्सेलको वाईड एंगल र ५ मेगापिक्सेलको डेप्थ क्यामरा रहेको छ। फोर ईन वान पिक्सेल प्रविधि राखिएको मुख्य क्यामराले उच्च गुणस्तरको १२ मेगापिक्सेलको फोटो खिच्न सक्ने बताइएको छ। फोनको वाईड एंगर क्यामराले १२० डिग्रीसम्मको फोटो खिच्नसक्ने छ।  

इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंग प्रविधि, नविनतम प्रविधिका साथमा नयाँ फीचरहरु, गेम मोड ५.०, क्वालकम स्न्यापड्रागन ६७५एआई अक्टाकोर प्रोसेसर राखिएकोछ। ६ जिबी र ८ जिबी र्याम अप्सनमा स्मार्टफोन उपलब्ध रहेको जनाइएको छ। उक्त स्मार्टफोन टोपाज ब्लू कलर अप्सनमा उपलब्ध छ। जसको प्रिअर्डर फागुन २४ गतेदेखि शुरु भएको कम्पनीको भनाइ छ। कम्पनीले उक्त स्मार्टफोनको अधिकतम बजार मूल्य ५२ हजार चार सय ९० रुपैयाँ तोकिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्