बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कसले गर्‍याे सैनिक जवानको हत्या ? चार दिनदेखि शव अस्पतालमै

कसले गर्‍याे सैनिक जवानको हत्या ? चार दिनदेखि शव अस्पतालमै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- नेपाली सेना दिवसको दिन ब्यारेकभित्रै मृत भेटिएका कञ्चनपुरको २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काको हत्या भएको आरोप परिवारले लगाएको छ।

सोमबार बन्दुक प्रहार गरी खडकाले आत्महत्या गरेको सेनाले बताए पनि परिवारले भने आत्महत्या नभई सेनाबाट नै हत्या भएको आरोप लगाएका छन्। शुक्रबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी खड्का परिवारले घटनाको प्रकृति र सेनाको व्यवहार देख्दा हत्या भएको आरोप लगाएका छन्।

‘घटनास्थलको तस्बिर हेर्दा बिनापोसाक र चप्पलमा हतियार कसरी दिइयो’, मृतक खड्काको पत्नी हिमालीज्योति खड्काले भनिन्- ‘सेनाबाट नै हत्या भएको हामीलाई पूर्ण आशंका छ।’ पोस्टमार्टमबिना नै आत्महत्या हो भनेर सेनाले भन्नुलाई पनि हत्याको आशंका बढेको उनले सुनाइन्। आत्महत्या गर्नुको कुनै कारण नै नभएको भन्दै उनले घटनाको अघिल्लो बेलुकी मात्र फोनमा कुरा हँुदा केही दिनमा गण नै पोखरा सर्न लागेकाले पसल बेचेर उतै जान तयारी हुनु भनेको सुनाइन्।

उक्त गणका गणपति कर्नेल राजु बस्नेतले शव प्रहरीको जिम्मा लगाइसकिएकाले उतै बुझ्न भनेर परिवारलाई गैरजिम्मेवारपूर्ण व्यवहार गरेको मृतकका बुबा धनबहादुर खड्काले बताए। आत्महत्या भए पनि परिवार नआउँदै शव उठाउन लगाएको र आत्महत्या भएकाले कुनै सेवा सुविधा नपाउने भनेर कर्नेलले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको बताए।

महाकाली अञ्चल अस्पतालमा पोस्टमार्टम नभएपछि सेती अञ्चल अस्पतालमा ल्याइएको थियो। पोस्टमार्टम भए पनि आफूहरुले शव नबुझेको मृतकका काका कम्लेश खड्काले बताए। घट्नाको सत्यतथ्य छानबिनको माग आफन्तले गरेका छन्। सत्यतथ्य छानबिन नहुँदासम्म शव नउठाउने खड्काले बताए। मृतक खड्काको घर जाजरकोटको छेडागाड नगरपालिका–१० हो। मृतक परिवारका १३ जनाको टोली चार दिनदेखि धनगढीमा छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।