काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ ल्याएको छ। बुधबार बैंकको मुख्य कार्यालयस्थित दरबारमार्गमा एक कार्यक्रमबीच सो योजनाको सार्वजनिक गरिएको हो।
योजनामार्फत ग्राहकहरूले आकर्षक ब्याजका साथै बिमा सुविधा प्राप्त गर्न सक्नेछन्। एक सय रुपैयाँमा खाता खोल्न मिल्ने ‘सिटिजन्स विशेष बचत खाता’ कर्मचारीहरूको तलब खाताका लागि फलदायी हुने बताइएको छ।
बैंक अनुसार दैनिक मौज्दातमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर प्रदान गरिन्छ। उक्त योजनाबाट ग्राहकहरुले आकर्षक ब्याजदर प्राप्त गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बिमाको लाभ समेत लिन सक्ने बताइएको छ। योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति एक लाख सम्मको स्वास्थ्य बिमा(अस्पताल भर्ना खर्च) र सात लाखसम्मको दुर्घटना मृत्यु बीमा गरिएको बैंकले जनाएको छ।
औसत मौज्दात रकमको चार गुणासम्मको हुन आउने रकमको दाबी भुक्तानी गर्ने सुविधा खाताबाहकलाई उपलब्ध गराउने व्यवस्था छ। उत्कृष्ट सेवाप्रदान गर्ने हेतुले बैंकले योजनाअन्तर्गत सहभागी भएका ग्राहकहरुका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको जनाएको छ। जसमा निःशुल्क भिसा डेबिड कार्ड, निःशुल्क अन्तर शाखा कारोबार(एबीबीएस), निःशुल्कआस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिंग सुविधा(मोबाइल) लगायत रहेका छन्।
बैंकले हालसम्म देशभरी फैलिएकाआफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिंङ एकाईहरुबाट करिब चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिंङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४