बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘निर्मला हत्याको प्रमाण नष्ट गर्ने आठ प्रहरीविरुद्ध मुद्दा’

‘निर्मला हत्याको प्रमाण नष्ट गर्ने आठ प्रहरीविरुद्ध मुद्दा’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या घटनामा दिलीपसिंह बिष्टलाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा आठ प्रहरीविरुद्ध मुद्दा दायर भएको छ। तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टसहित आठजनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको हो। 

सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलीपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको जनाएको छ। 
यातना दिएको अभियोगमा विष्टसहित तत्कालीन प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी, सिआइबीका प्रहरी नायब उपरीक्षक अंगुर जिसी र प्रहरी निरीक्षक एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको बुझिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी नायब निरीक्षक हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध पनि मुद्दा दायर भएको जानकारी दिए। 

मुद्दा दर्ता भएकामध्ये विष्ट र भट्टलाई सरकारले सेवाबाटै बर्खास्त गरिसकेको छ भने अन्य छ प्रहरी कर्मचारी निलम्बनमा छन्। ओझाका अनुसार सेठीसहित छ प्रहरीलाई पक्राउ गरी बुधबार जिल्ला अदालत कञ्चनपुर उपस्थित गराइएको थियो। उनीहरु सबै कञ्चनपुर प्रहरीको हिरासतमा छन्। बिष्ट र जिसी भने फरार रहेको बुझिएको छ।

जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले प्रतिबादी कानुन व्यवसायीले प्रारम्भिक सुनुवाइको माग गर्दै निवेदन दिएकाले केहीबेरमा प्रारम्भिक सुनुवाई सुरु हुने जानकारी दिए। त्यसपछि थुनामा राखेर अनुसन्धान हुने कि धरौटीमा छोड्ने भन्ने बारेमा थुनछेक बहस हुने उनले बताए। १३ वर्षीया निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो। घट्नाको अहिलेसम्म सत्यतथ्य बाहिर आउन सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।