शनिबार, वैशाख ८, २०८१

जनकपुर कला, साहित्य महोत्सव : मिथिला र मैथिलीका लागि ऊर्जा थप्ने विश्वास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - मैथिली विकास कोषले आयोजना गरेको जनकपुर साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आज सकिँदै छ। १८ फागुनबाट सुरु भएको महोत्सवमा कला, संस्कृति, साहित्य, नाट्य कला, भाषालगायतका विषयमा गम्भीरतापूर्वक छलफल चल्यो। नेपाल तथा भारतका विद्धानहरुले मैथिली भाषा र संस्कृतिबारे खुलेर चर्चा गरे। कलासंस्कृति, भाषा, साहित्यबाहेक महोत्सवमा नेपालको मोफसल र केन्द्रीयस्तरमा गरिने पत्रकारिताले पनि स्थान पायो। 

यसबाहेक अन्तर्राष्ट्रिय कलाकारहरुले मञ्चन गरको नाटकको भाषा नबुझेपनि अभिनय गर्नेहरुको हाउभाउले दर्शकदिर्घालाई मन्त्रमुग्ध त बनायो नै कतिपयको आँखा रसिलो भएको दृष्य हेर्ने लायक थियो। खास गरेर अफगानिस्तानबाट नाटक मञ्चन गर्ने यहाँ पुगेका नाट्य समूहका कालाकारहरुले प्रयोग गर्ने भाषा बिरलै कसैले बुझ्न सके। तर मन्त्रमुग्ध प्रायः सबै दर्शकलाई बनायो, त्यो नाटकले।

यसैगरी भारत असामको टोलीले प्रदर्शन गरेको ‘हेलेन’ नामक नाटकको विषयवस्तु र यसका कालाकाहरुको अभिनयको प्रशंसा गर्न बाध्य भए जनकपुर उद्योग वाणिज्य संघको हलमा उपस्थित दर्शकहरु। मैथिली नाट्य क्षेत्रका  चर्चित व्यक्तित्व रमेश रञ्जन झा, सुनिल मिश्रहरुले ‘हेलेन’ नाटक हेरिसकेपछि राम्रो नाटक हुन बढी कलाकार र सम्वाद नै हुुनुपर्ने जरुरी नरहेको प्रतिक्रिया दिए। यसैगरी प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले त मञ्चबाटै आसामका कालाकारहरुलाई बोलाएर प्रदेश २ को सबै विद्यालयमा नाटक मञ्चन गारउने उद्घोष नै गरे। यसैगरी कर्णाली प्रदेश, जनकपुरको मिथिला नाट्यकला परिषद, रामानन्द युवा क्लबका कालाकारहरुले मञ्चन गरेको नाटकले पनि दर्शकहरु माझ प्रशंसा बटुल्न सफल भयो महोत्सवमा।



६ दिनसम्म चलेको मैथिली साहित्य–कला तथा अन्तर्राष्ट्रिय महोत्सवले आयोजकमात्र नभइ सहभागी एवं जनकपुरवासीलाई उत्साहित बनाएको छ, भाषा, साहित्य र कलासंस्कृतिको संरक्षण एवं प्रवद्र्धनका लागि। खास गरेर प्रदेश २ को नामाकरण र भाषासम्बन्धी विवाद चलिरहेको बेला महोत्सवले राजनीतिक दलदेखि विभित्र विधाका विज्ञहरुलाई आफ्नो कुरा राख्न ठुलो मञ्च उपलब्ध गराउन सफल भएको सहभागीहरु बताउँछन्।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले संस्कृति र सभ्यताबारे जनचेतना जगाउन महोत्सव देश र प्रदेशवासीका लागि ठुलो पाठ दिएको प्रतिक्रिया दिएका छन्। प्रदेशको नामाकरणसम्बन्धमा मिथिला वा मधेशबारे विवाद चलिरहेको बेला मन्त्री यादवले राजनीतिको कुरा आफ्नो ठाउँमा रहेपनि मिथिला र मैथिली छोड्न नसकिने बताए। ‘राजनीति छुट्टै विषय हो,’ यादवले भने, ‘तर, मिथिला र मैथिलीबारे कुनै राजनीति हुन सक्दैन र गर्नुपनि हुँदैन्।’ मिथिलाको भाषा र संस्कृति धेरै पुरानो, सभ्य र परिस्कृत रहेकोले हरेक व्यक्तिले सम्मान गरेरै अगाडी बढ्नु पर्ने उनको भनाइ थियो।

मैथिली भाषा र संस्कृति प्रदेश २ को लागिमात्र नभएर मुलुककै लागि ठुलो उर्जा र शक्तिको केन्द्र रहेकोले यसबारे कुनै विवाद हुनै नसक्ने मन्त्री यादवले बताएका छन्।

प्रदेश २ मा अहिले जल्दोबल्दो समस्याको रुपमा हेरिएको भाषा र नामाकरण विवाद सामाधान गर्ने दिशामा महोत्सव ठुलो पाइला साबित भएको बताउँछन् प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ रमेश रञ्जन झा। ‘महोत्सवले एकलाई अर्कोले स्वीकार गर्ने र सम्मान दिने संस्कार दिएको छ,’ झाले भने, ‘हामीले द्वन्द्व बढाउने कि अन्त्य गर्ने, एक मञ्चमा आएर विमर्श अगाडी नबढाए सामाधन सम्भव छैन्। जनकपुर साहित्य सम्मेलनले विवाद सामान गर्न साझा मञ्च तयार गरेको छ।’

यसैगरी प्रज्ञा प्रष्ठिानका प्राज्ञ धिरेन्द्र प्रेमर्षीले प्रदेश २ मा भाषा र नामाकरणसम्बन्धी खासै विवाद नरहेको दाबी गरेका छन्। ‘अढाई सय वर्षदेखि राज्य सत्ताले हाम्रो संस्कृतिलाई जडाबाटै फाल्ने काम गरेको छ,’ प्रमर्षीले भने, ‘हामी के छौं, कहाँ छौं बुझ्नै दिइएको छैन्। यसैले विवादजस्तो देखिएको मात्र हो।’



आफ्नै कलासंस्कृतिबाट अनभिज्ञ रहेकोबेला महोत्सवले आफ्नो जडा, भाषा संस्कृति हेर्न र प्रस्तुत गर्न अवसर प्रदान गरेको उनको भनाइ छ। ६ दिनसम्म चलेको महोत्सवले आफूभित्र रहेको अन्तरनिहीत विशिष्टतालाई पूर्नताजगी गराउन सफल साबित भएको प्राज्ञ प्रेमर्षी बताउँछन्।

‘अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त कालाकारहरुबाट नाटक मञ्चनले कलासंस्कृति र रंगमञ्चको क्षेत्रमा आत्ममुग्धताबाट बाहिर आउन मद्त गरेको छ,’ उनले भने, ‘महोत्सव आत्म पहिचानका साथै उन्नयनको ठुलो प्रतिष्ठान बत्र सफल भएको छ।’

मुलुक संघीयतामा गइसकेपछि पहिलो पटक प्रदेश २ पुगेका भारतको मुम्बईमा बस्दै आएका नेपालका प्रसिद्ध अभिनेता मुरलीधर मिजारले महोत्सवले विभित्र विधामा लागेकाहरुलाई उर्जावान बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। ‘भाषा, कलासंस्कृतिलाई संवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको मलाई लागेको छ,’ उनले भने, ‘यस्ता विधामा लागेकाहरुलाई यसले थप प्रोत्साहित बनाउन पक्कैपनि टेवा पुर्‍याउनेछ।’ हरेक भाषाभाषीले आ–आफ्नो भाषालाई मजबुत बनाउनुपर्ने भन्दै मुरलीधरले सबै प्रदेशलाई जोड्ने गरी प्रदेशको भाषा तोकिनुपर्ने धारणा राखे।

६ दिनसम्म चलेको जनकपुर कला–साहित्य तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव पूर्ण रुपमा सफल भएको आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी बताउँछन्।

मिथिला कलासंस्कृति तथा साहित्यलाई विश्वसामु उजागर गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको र यसमा आफूहरु पूर्णरुपले सफलता पाएको चौधरीले बताए।

मैथिली प्राचिन भाषा रहेपनि मुलुक संघीयतामा गइसकेपछि प्रदेश २ मा केहि विवाद देखिएको छ अध्यक्ष चौधरी भन्छन्,‘प्रदेशको नामाकरण र भाषाबारे गम्भीरतापूर्वक छलफल भएको छ। महोत्सवको मञ्चबाट सबै राजनीतिक दलले मैथिली भाषाबारे विवाद हुन नसक्ने बताएका छन्। प्रदेशको नामाकरणमा समेत मिथिलामा विवाद नरहेपनि मधेशपनि जोडिनुपर्ने धारणाहरु आएका छन्।’

महोत्सवमा भाषा र नामाकारणबारे अभिव्यक्त विचारहरुलाई प्रदेश सरकारले  छिट्टै छलफलमा ल्याउने उनले विश्वास व्यक्त गरेका छन्। महोत्सवको माध्यमबाट मिथिला चित्रकला, मिथिला संस्कृति, साहित्यलगायतका महत्वपूर्ण कुराहरु विश्वसामु देखाउन आफूहरु सफल भएको उनले बताए। महोत्सवमा सहभागी हुन विभित्र १० मुलुकका नाट्य समूहलाई आमन्त्रण गरिएपनि जनकपुरमा उपयुक्त नाट्यहल नहुँदा आउन तयार नभएको भन्दै अध्यक्ष चौधरीले स्तरीय सभागृह निर्माणतर्फ संघीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए।

महोत्सवमा मिथिला चित्रकला, ललितकला, मिथिला खाना, भेषभुषालगायतको प्रदर्शनीसमेत लगाइएको थियो।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १८ फागुनमा महोत्सवको उद्घाटन गरेका थिए। महोत्सवमा भाषा वैज्ञानिक डा.रामावतार यादव, वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, राजनीतिक विश्लेषक सीके लाल, डा.संजीव उप्रेती, नेकपाका नेता घनश्याम भुसाल, रामचन्द्र झा, संघीय समाजवादी फोरमका महासचिव रामसहाय यादव, राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाललगायतका व्यक्तिहरुले सहभागिता जनाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।