शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • चीनको युनानमा हुने वस्तु मेलामा सहभागी हुन नेपाली उद्यमीलाई आह्वान

चीनको युनानमा हुने वस्तु मेलामा सहभागी हुन नेपाली उद्यमीलाई आह्वान

चीनको युनान प्रान्तमा यही अगस्ट महिनाको अन्तिममा दक्षिण तथा दक्षिणपूर्वी एशिया वस्तु मेला तथा लगानी महोत्सव २०२१ हुने भएको छ।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं– चीनको युनान प्रान्तमा यही अगस्ट महिनाको अन्तिममा दक्षिण तथा दक्षिणपूर्वी एशिया वस्तु मेला तथा लगानी महोत्सव २०२१ हुने भएको छ।

triton college

‘नयाँ विकासका लागि नयाँ अवसर’ नारा दिइएको उक्त महोत्सवमा प्रदर्शनकर्ता र दक्षिणपूर्वी तथा दक्षिण एशियाका तर्फबाट विभन्न वस्तु तथा सेवा उद्यमीहरुको सहभागिता रहने आयोजकले बताएको छ। 

यो कार्यक्रम चीनको दक्षिण–पश्चिममा रहेको युनान प्रान्तको राजधानी कुनमिङमा अगस्ट २५ देखि २९ तारिखसम्म हुनेछ। कार्यक्रममा अनलाइन मार्फत सहभागिता जनाउन सकिनेछ।

हरेक विजोर वर्षमा हुने प्रादेशिक स्तरको यो महोत्सव चीन र एशियाका देशहरुबीच सम्बन्ध र व्यापार साझेदारलाई सुधार गर्न महत्वपूर्ण मानिन्छ। ६४ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कुनमिङ्ग गुनसाङ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने यस मेलामा ३ हजार वटा प्रदर्शनी स्थलहरु राखिनेछन्। 

काठमाडौंस्थित युनान प्रान्तिय सीमापार प्रतिनिधि कार्यालयका अनुसार यो नेपाली उद्यमीहरुका लागि आफ्ना सामान चीनमा प्रवर्धन गर्ने सुनौलो अवसर हो। 

corrent noodles
Metro Mart

कार्यालयले भनेको छ, ‘मेलामा नेपाली व्यवसायीहरु पनि सहभागी हुन सक्छन् र आफ्ना वस्तु तथा परियोजनाहरु विना कुनै शुल्क चिनियाँ तथा एसियाली उद्यमीहरु माझ प्रस्तुत गर्न सक्छन्। अनलाइनमा हरेक कम्पनीका लागि आफ्ना सामान तथा परियोजनाका फोटो तथा जानकारी राख्नका लागि छुट्टै पेज उपलब्ध गराइनेछ।’

यो वर्ष मेला सञ्चालनलाई अझ व्यवस्थित बनाइएको छ । वस्तुहरुको प्रदर्शनलाई सजिलो बनाउन ती सामानहरुको कस्टम क्लियरेन्स तथा व्यापार छलफलको लागि पनि सहजीकरणको व्यवस्था गरिएको छ। 

‘हरेक उद्यमीले आफैं आधिकारिक वेबसाइटमा गएर आफ्नो कम्पनीलाई दर्ता गर्न सक्नेछन् । आयोजकले तपाईंको कम्पनी र वस्तुको प्रकृति हेरेर उपयुक्त स्थल सुझाउनेछन्,’ नेपाल–भुटान सिमापार प्रतिनिधि कार्यालयका निर्देशक लिङचेङ युले भने।

नेपालीहरु अनलाइनबाट मात्रै मेलामा सामेल हुन सक्ने भए पनि उनीहरुका वस्तु प्रदर्शन स्थलमा राख्नका लागि एजेण्टमार्फत चीन पनि पठाउन सकिने उनले बताए। सन् २०१५ मा स्थापना भएको यस प्रतिनिधि कार्यालयले उर्जा, होटल, पर्यटन, फूल व्यवसाय, कृषि लगायतका क्षेत्रमा नेपाललाई चीनका व्यापारीसँग सहकार्यका लागि सहजीकरण गर्दै आएको छ। 

नियमित महोत्सव बाहेक यो वर्ष कार्यक्रममा एशिया लिंक, सीमापार लगानी साझेदारी, सेवाको व्यापार, सीमा व्यापार, अनलाइन व्यापार लगायतका विभिन्न विषयमा छुट्टाछुट्टै प्रदर्शन तथा छलफल पनि हुनेछ। यस महोत्सव स्थलमा हुने कार्यक्रमहरु महामारी नियन्त्रणका सम्पूर्ण व्यवस्था साथ हुने आयोजकले जनाएको छ। 

प्रकाशित: Aug 18, 2021| 18:49 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्