शनिबार, वैशाख ८, २०८१

आजका अखबार : रेल किन्‍न सरकारसँग पैसा छैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

आजको अन्नपूर्ण पोस्ट्ले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारीका विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद देखिएको विषयलाई मुख्य समाचार बनाएको छ भने रेल किन्न बजेट छैन शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको छ । 

सरकारले चीन र भारतबाट रेल ल्याएर नेपालका डाँडाकाँडामा कुदाउने भन्दै ठूलाठूला सपना बाँडिरहे पनि स्वदेशमै लामो समयदेखि सञ्चालित रेलमार्गका लागि बजेट उपलब्ध गराउन नसकेको समाचारमा उल्लेख छ । बजेट उपलब्ध गराउन नसक्दा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन अन्योलमा परेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ। मन्त्रिपरिषद्ले गत पुसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई रेल खरिदका लागि सैद्धान्तिक सहमति प्रदान गरेको थियो। मन्त्रिपरिषदबाट सहमति प्राप्त भएसँगै रेल खरिद प्रक्रिया अघि बढेको विभागले जनाएको अन्नपूर्णले लेखेको छ ।

यस्तै अख्तियारका तत्कालिन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस बुझाएको राष्ट्रिय जनाता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले स्विकार गरेको विषयलाई पनि अन्नपूर्णले महत्वका साथ पहिलो पृष्ठमा छापेको  छ।

अख्तियारसँगको बयानका क्रममा झाले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेको ७८ लाख रुपैयाँ पाठकलाई बुझाएको स्वीकार गरेका हुन् । पाठकको रकम लेनदेनसम्बन्धी अडियो–भिडियो प्रकरणमा मुछिएका झाले आफूले पाठकलाई उक्त रकम बुझाएको स्वीकार गरेको समाचारमा उल्लेख छ । 

आजको नागरिक दैनिकले भने निरिह गुठि संस्थानः आफ्नै जग्गाको विवरण थाहा छैन शीर्षकमा मुख्य समाचार छापेको छ । देशभर १४ लाख रोपनी जग्गा भएको गुठी संस्थानलाई सरकारले नै निरीह बनाएको छ । संस्थान कमजोर बन्दा गुठीका जग्गा अतिक्रमण चलखेल बढेको समाचारमा उल्लेख छ । 

यस्तै चालु आर्थिक वर्षको वजेटको अर्धवार्षिक समिक्षाको विषयलाई नागरिकले प्राथमिकताका साथ छापेको छ । चालु आवको ६ महिनामा सरकारले विकास बजेट १७.७ प्रतिशतमात्र खर्च गरेको छ । यो वर्ष मुलुकभरको विकासका लागि सरकारले तीन खर्ब १३ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकामा ६ महिनामा ५५ अर्ब ५२ करोडमात्र खर्च गरेको छ ।

विकासको बागडोर सम्हालेका अर्थमन्त्री युवराज खतिवडा स्वयंले चालु आवको अहिलेसम्मको पुँजीगत बजेट खर्चको अवस्था राम्रो हुन नसकेको स्वीकार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिकजसो भाषणमा विकास निर्माणले गति लिएको बताउँदै आए पनि सरकारी तथ्यांक भने त्यसको विपरित देखिएको नागरिकले लेखेको छ । 

आजको कान्तिपुर दैनिकले पनि वजेटको अर्धवार्षिक समिक्षाको विषयलाई मुख्य समाचार बनाएको छ । उसले लक्ष्यअनुसार न खर्च न राजस्व शीर्षकमा खबर लेखेको छ । यस्तै फेरि नक्कली भ्याट बिल शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ। 

आजको नयाँ पत्रिकाले भने सरकारी अस्पतालमा रहेका महंगा उपकरणहरु प्रयोगबिहिन बनाइएको विषयलाई मुख्य समाचा बनाएको छ । भारतले अस्पताललाई दिएको आठ करोडको मेसिन तीन वर्षदेखि स्टोरमै शीर्षकमा खबर लेखेको छ । 

गम्भीर घाइते आउने ट्रमा सेन्टरमा अढाई वर्षअघि बिग्रिएको सिटी स्क्यान मेसिन बनेको छैन । क्यान्सरको उपचार गर्न ४० करोडमा खरिद गरिएको अत्याधुनिक मेसिन वीर अस्पतालमा जडाननै हुन सकेको छैन । अनुदानका महंगा उपकरणमा खिया लाग्दै गएको समाचारमा उल्लेख छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।