एजेन्सी- पूर्व रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई धेरै जसोले ‘पेनाल्डो’ भनेर जिस्काउनले गर्दछन् । यति सम्मकी उनका समर्थकलाई समेत ‘पेनाल्डो’ भन्दै जिस्काउने गरेका पाइन्छ । तर, पोर्चुगली तथा युभेन्ट्सका फरवार्ड रोनाल्डोको उक्त उपनामलाई रोनाल्डोले विश्लेषण गरेका छन् ।
रोनाल्डोले आफ्नो फुटबल जिवनका धेरै जसो गोल पेनाल्टीबाट गरेका छन् । त्यसैले उनलाई रियल मड्रिडमा ‘पेनाल्डो’को उपनाम दिइएको थियो । जसलाई उनका विपक्षी समर्थकहरुले उक्त उपनामको अर्थ फरक लगाएका हुन् । रोनाल्डो र ‘पेनाल्डो’ शब्दको अर्थ एउटै हो ।
जसको अर्थ स्ट्राइकरको एक कडा प्रहारको भाग भन्ने बुभिन्छ । ‘तपाइले तथ्यलाई हेर्न सक्नु हुन्छ । मैले रियल मड्रिडका लागि कति गोल गरेक छु ।’ रोनाल्डोले भने, ‘मैले जति पनि गोल गरे, जति म गर्नु सक्छु । त्यो सबैले देखेकै छ ।’ उनले थपे, ‘मैले जतिपनि गोल पेनाल्टीमा गरे र मेरा पेनाल्टी सफल भए । सोहिको प्रतिफलमा मलाई रियलले ‘पेनाल्डो’को उपनाम दिएको हो ।’
रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् भने तीन पटक प्रिमियर लिगको उपाधि जितेका छन् । त्यस्तै उनले पाँच पटक विश्व फुटबलको चर्चित अवार्ड दालोन डि’ओर जितेका छन् ।
रोनाल्डोले रियलका लागि ४ सय ५० गोल गरेका छन् । जहाँ उनले ७९ पेनाल्टी प्रहार सफल गरेका छन् । जो कि १७.३८ प्रतिशत गोल उनले पेनाल्टीमा गरेका छन् । जुन उनले प्रहार गरेको पेनाल्टीको ८५.९० प्रतिशत सफल हो । रोनाल्डोले रियलमा ९२ पेनाल्टी प्रहार गरेका छन् ।
यता उनका प्रतिद्वन्द्वी बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले ९० पेनाल्टी प्रहार रगेका छन् । जसमा ६८ पेनाल्टी सफल भए । जुन ७५.५६ प्रतिशत सफल पेनाल्टी हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४