शुक्रबार, वैशाख ७, २०८१

पार्टी दर्ता भएपछि नेपाल समूह सरकारमा जाने

प्रस्तावित एमाले (समाजवादी) दल दर्ता भएपछि सरकारमा जाने भएको छ। आज बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिएपछि उक्त पार्टीका नेता राजेन्द्र पाण्डेले दल दर्ता स्वीकृत भएपछि पार्टी सरकारमा सहभागी हुने बताए।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं– प्रस्तावित एमाले (समाजवादी) दल दर्ता भएपछि सरकारमा जाने भएको छ। आज बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिएपछि उक्त पार्टीका नेता राजेन्द्र पाण्डेले दल दर्ता स्वीकृत भएपछि पार्टी सरकारमा सहभागी हुने बताए।

triton college

‘नयाँ पार्टी दर्ताका लागि आवेदन दिएका छौं। स्वीकृत हुनेबित्तिकै सरकारमा सहभागी हुन्छौं,’ उनले भने, ‘निर्वाचन आयोगले छिटोभन्दा छिटो निर्णय देला। आज अध्यादेश जारी भएपछि परिस्थिति हेरेर हामी नयाँ दल दर्ता गर्न आएका हौं। दल दर्ता भएपछि चाँडै नै राष्ट्रिय भेला गर्ने तयारी छ।’

एमालेका ५८ जना केन्द्रीय सदस्य मिलेर नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको पाण्डेले जानकारी दिए। प्रस्तावित नयाँ पार्टीमा ९६ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिएको छ।

आफूहरुसँग एमालेका उपाध्यक्ष वामदेव गौतम पनि आउने दाबी पाण्डेले गरे। एमालेभित्र रहँदा ओलीले गरेको व्यवहार, संसद् पटक–पटक भंग गर्दा पनि गलत भएको भन्न नसक्ने ‌ओलीसँग पार्टीमा सँगै बस्‍न नसक्‍ने अवस्था आएपछि नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको उनको तर्क छ।

प्रकाशित: Aug 18, 2021| 17:28 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...