शनिबार, वैशाख ८, २०८१

राजेन्द्र महतोका स्वकीय सचिवले दिए पदबाट राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो आर्थिक गतिविधिमा संलग्न रहेको भन्दै उनका स्वकीय सचिव रबिन्द्र चौधरीले पदबाट राजीनामा दिएका छन्।

आर्थिक कृयाकलापका साथै मधेश आन्दोलनको भावना र मर्मविपरित काम गर्दै आइरहेको भन्दै महतोको स्वकीय सचिव पदबाट राजीनामा दिएको चौधरीले बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत महतोको स्वकीय सचिवबाट राजीनामा दिएको बताएका हुन्। राजेन्द्र महतो मधेश आन्दोलनको भावना र मर्मविपरित चलेको, सांसद र मन्त्री बनाउने भन्दै आर्थिक कृयाकलापमा संलग्न रहेकोले आजको मितिबाट स्वकीय सचिव पदबाट राजीनामा गर्दछु, उनीद्वारा जारि विज्ञप्तिमा भनिएको छ।

महतोले मधेशको मुद्दा बिर्सेर मधेशी जनताको इच्छा र विश्वास तोड्दै सांसद बनाउनेदेखि मन्त्री बनाउन आर्थिक चलखेलमा लागेकोले स्वकीय सचिव पदबाट राजीनामा गरेको चौधरीले बताएका छन्।

‘राजेन्द्रजी मधेशको चाहनाविपरित हिँडदै आइरहनु भएको छ,’ नेपाल समयसँग कुरा गर्दै चौधरील भने, ‘दुई महिना अध्यक्षमण्डलको संयोजक रहँदा पार्टीमा १२ लाख हिनामिना भएको छ। यस विषयमा पार्टी पंक्तिका सबैलाई जानकारी छ।’

यस्ता सानातिना कुरामा ध्यान नदिन पटकपटक आग्रह गरेपनि महतो मान्न तैयार नभएको उनको भनाइ छ। ‘सानातिना कुरामा नलाग्न मैले उहाँलाई पटकपटक आग्रह गरेको छु,’ उनले भने, ‘मैले दिएको सुझाव उहाँले मान्नु भएको छैन्। उहाँको ज्वाँइ अनिल महासेठजी सल्लाहकार बनाउनु भएको छ। महासेठजीलाई राजनीतिबारे थोरैपनि जानकारी छैन्।’

महतोको क्रियाकलाप सह्य हुन नसकेपछि १५ वर्षदेखि सँगै रहेपनि बाध्य भएर स्वकीय सचिवबाट राजीनामा दिएको चौधरीले दाबी गरेका छन्। मधेश मुद्दा सम्बोधन हुन बाँकी रहेकै बेला महतो आफू मन्त्री बन्न सरकारमा जान लबिङ गर्दै हिंडिरहेको चौधरीले बताएका छन्।

महोत्तरीको जलेश्वर नगरपालिका–२ अस्पताल रोड बस्ने चौधरीलाई महतोले गत वैशाख १२ गते स्वकीय सचिवमा नियुक्त गरेका थिए। गत वैशाखमा स्वकीय सचिवमा नियुक्त भएपनि चौधरी विगत १५ वर्षदेखि महतोसँगै बसेर काम गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।