मंगलबार, वैशाख ४, २०८१

विखण्डनको गतिविधि हुँदा पनि सरकार उदासिन : थापा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुर : राप्रपा अध्यक्ष कमल थापाले खुलेआम राष्ट्र विखण्डनको गतिविधि हुनु दुर्भाग्यपूर्ण बताएका छन्।

पार्टीद्वारा सञ्चालित मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दै जनकपुर पुगेका अध्यक्ष थापाले रामजानकी मन्दिरमा धार्मिक अनुष्ठान गर्ने क्रममा सडकमै आयोजित पत्रकार सम्मेलनमा पवित्र भूमि जनकपुरमा विखण्डनको क्रियाकलाप भएकोमा दुस्ख समेत व्यक्त गरेका छन्।

थापाले मुलुक विखण्डन गर्ने खेलमा नलाग्न स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई चेतावनी दिएका छन् । खुलेआम राष्ट्र विखण्डनको गतिविधि हुन दुर्भाग्यपूर्ण रहेको बताउँदै थापाले जनकपुरको भूमि जनकपुरबाट विखण्डनको क्रियाकलाप भएकोमा दुःख व्यक्त गरेका छन् ।

थापाले भने, 'म यहीं भूमिबाट प्रधानमन्त्री केपी ओलीलाइ अनुरोध गर्दछु कि नेपालमा पहिलोपटक राष्ट्र विखण्डनको पक्षमा विभिन्न गतिविधि भएका छन्, यसलाई नदेखे जस्तो, नसुने जस्तो र थाहा नपाएजस्तो नगर्नुस्, विखण्डनको आवाज उठ्नु सामान्य विषय होइन, यसलाई समयमै निस्तेज पार्नुस्, राप्रपाले सरकारलाई पूर्ण सहयोग गर्नेछ ।' 

अध्यक्ष थापाले राष्ट्र विखण्डनको पक्षमा गतिविधि गर्नेलाई निगरानी गर्न, नियन्त्रण गर्न र कारबाही गर्न सरकारसंग माग समेत गरेका छन् ।अध्यक्ष थापाले मधेसका जनता राष्ट्रवादी रहेको बताउदै सीमामा रहेर देशको सिमानाको रक्षामा मधेशका जनताले पहरेदारको काम गरिरहेको उल्लेख गरेका छन्, आज चाहे पहाडका होस् या मधेशका, कुनै पनि देशभक्त नेपाली देश बिभाजन होस् भन्ने चाहना राख्दैनन्, विखण्डनको बीऊ रोप्‍ने खोज्‍ने तत्वलाई छुट नदिन प्रधानमन्त्री र सरकारलाई दोहोर्‍याएर आग्रह गरेका छन्।

राप्रपाले फागुन १५ गते ताप्लेजुङबाट प्रारम्भ गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा जनकपुर आइपुगेको छ । यात्राको आज पाचौं दिन रामजानकी मन्दिरमा पुजाअर्चना र धार्मिक अनुष्ठान गरि पा जनकपुरबाट शुरु भएको छ, आज महोत्तरीको सोहर्वा, पिपरा, जलेश्वर, हरिगोरीगंगा, पडौल, धमौरा, ध्रुबकुण्ड, बिजलपुर, बर्दिबास हुँदै सर्लाहीको इश्वरपुर, भेलही, मलंगवामा आमसभा तथा साना सभाहरु हुने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

प्रचार विभाग प्रमुख श्रेष्ठका अनुसार यात्रामा ७२ वटा सवारी साधन र ३०० जजा यात्रीहरु नियमित हिडिरहेका छन् । यात्रामा अध्यक्ष कमल थापा, नेताहरू बुद्धिमान तामाङ, टंक ढकाल, राजेन्द्र लिङ्देन सहित पार्टीका पदाधिकारी, सदस्यहरु, भातृ संगठन, विभाग र विभिन्न जिल्लाबाट प्रतिनिधिहरु सहभागी भएका छन् ।

राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना, राजादेखि सबै राजनीतिक शक्ति अटाउने व्यवस्थाका लागि गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह, भ्रष्टाचारमा कडाइ गरिनुपर्ने, आर्थिक रुपमा विपन्नलाई आरक्षणको नयाँ व्यवस्था गरिनुपर्ने लगायतका माग गर्दै सरकारलाई ज्ञापनपत्र पेश गरेको छ, सरकारलाई प्रस्तुत गरेको माग आमजनतालाई जानकारी गराउने, आफ्ना माग बारे जनमत सिर्जना गर्ने उद्देश्यले राष्ट्रिय स्वाभिमान यात्रा गरेको प्रचार प्रमुख श्रेष्ठ बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।