बुधबार, वैशाख १२, २०८१

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी अब स्मृतिमा मात्र 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेकपाका नेता तथा पूर्व मन्त्री भरत मोहन अधिकारीको शनिबार निधन भएको छ। ह्याम्स अस्पतालमा बिगत तीन हप्तादेखि उपचारत उनको शनिबार निधन भएको हो। अधिकारी तीन दिनदेखि बेहोस अवस्थमा थिए। अस्पतालले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी उनको निधन भएको जनाएको छ।  

८२ वर्षीय अधिकारीको स्वास्थ्यमा थप समस्या आएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या देखिएपछि २३ पुषदेखि उनलाई मेडिसीटी अस्पतालमा राखिएको थियो। त्यहा केहि आराम भएपछि घर फर्किएका उनी फेरि समस्या बल्झिए पछि ह्याम्स अस्पतालमा भर्ना भएका थिए। कुनै बेला नेपाली राजनीतिमा चर्चामा रहने अधिकारी अब स्मृतिमा रहने छन्।
 
बुवाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनकी जेठी छोरी लुना अधिकारी शनिबार सिक्किमदेखि काठमाडौं आएकी थिइन्। अधिकारीका तीन छोरी छन्। अधिकारी बुवा राममचन्द्र अधिकारी तथा माता पूर्ण माय अधिकारीको कोखबाट मोरङको महोत्तरी गाविसमा जन्मेका थिए।

२०५१ सालमा बनेको सरकारका अर्थमन्त्री भएका अधिकारीले नेपालमा पहिलो पल्ट ‘आफ्नो गाँंउ आफै बनाउ’, लगायतका सामजिक सुरक्षा भत्ताको प्रवन्ध गरेका थिए। उनी अर्थमन्त्री भएकै बेला नेपालमा नौ सय को कार्यक्रम संचालन गरेका थिए। एम एम बिएलसम्म अध्ययान गरेका अधिकारी नेपाली राजनीतिमा माक्र्सवादी पहिचान बनाएका नेता थिए।

अधिकारी ७० वर्षपछि नेताहरुले राजनीतिबाट अवकास लिनुपर्छ भन्थे। स्वयम् अधिकारीले ७० वर्ष पछिको जीवन् राजनीतिबाट टाढा राखेका थिए। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अधिकारी एक सफल माक्सवादी नेता भएको बताएका छन्। ह्याम्स अस्पताल पुगेका मन्त्री पोखरेलले अधिकारी साधारण जीवनशैली अपनाउने सालिन नेता भएको बताए। ‘उहाँ राजनीति त्यागको संस्था हो भन्नु हुन्थ्यो’, अधिकारीले भने, ‘उहाँबाट अहिलेको पुस्ताले त्यागको राजनीति सिक्नु पर्छ।

नेपाली राजनीतिको सफल पुस्ताको एक नेताका रुपमा रहेका अधिकारीले पञ्चायत विरोधी राणा, विरोधीलगायतका थुप्रै आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मन्त्री अधिकारीले बताए। उनलाई श्रद्धाञ्जली दिन अस्पतामा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल लगायत थुप्रै नेता कार्यकर्ता पुगेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।