काठमाडौं- पछिल्लो पटक विभिन्न बहानामा सर्दै आएको आठौं राष्ट्रिय खेलकुदको भौतिक पूर्वाधार निर्माण कार्य यतिवेला वर्षातका कारण ढिलाई भएको छ। समयमै निर्माण हुन नसकेपछि वर्षातका कारण पूर्वाधारनिर्माणमा ढिलाई भएको मध्यपश्चिमाञ्चल खेलकुद बिकासका पदाधिकारीहरुले बताउँदै आएका छन्।
वि.सं. २०७३ साल पुसमा पूर्व धरानको एन्फा टेक्निकल सेन्टरमा बृहत्त सातौं राष्ट्रिय खेलकुदको समापन भयो। दुई-दुई मा आयोजना हुने भनिएको बृहत्त राष्ट्रिय खेलकुदको आठौं संस्करणका आयोजनाका लागि मध्यपश्चिमाञ्चल खेलकुद बिकासलाई झण्डा सस्तान्तरण गरिएको थियो।
मध्यपश्चिमाञ्चलले त्यसयता समयमै आठौं राष्ट्रिय खेलकुद आयोजा गर्ने दावी गर्दै आएको थियो। मध्यपश्चिमाञ्चल खेलकुद बिकास समयमै खेलकुद गराउन लागि परेको भएपनि पूर्वाधारको आवश्यक निर्माण भने सम्पन्न गर्न सकेको छैन। प्रतियोगिता आयोजनाको मिति नै तोकिसकेको आयोजकले पूर्वाधार निर्माणमा ढिलाई गर्दा समयमै प्रतियोगिता हुनेमा संका उब्जिएको छ।
प्रतियोगिताको मिति नजिकिँदै गर्दा अनेकौं बहाना गरेर मध्यपश्चिमाञ्चल खेलकुद बिकास पन्छिन खोजेको पाइएको छ। यो समस्या नेपाली खेलकुदको पुरानो समस्याको रुपमा रहेको सरोकारवालाहरुले बताएका छन्। अहिलेसम्म राष्ट्रिय खेल समयमै आयोजना भएको रेकर्ड छैन। तोकिएकै समयमा खेलकुद प्रतियोगिता नहुनुले खेलाडी, प्रशिक्षक र खेल प्रेमिहरुलाई सधै मारमा पर्ने गरेका छन्।
राखेपले पहिलो पटक २०७५ मंसिर २१ देखि २८ गतेसम्मको मिति तोकेको थियो। तर, अन्तिम समयमा प्रतियोगिता स्थगित गरेर नयाँ मिति तोक्यो। यसअघि तोकिएकै समयमा प्रतियोगिता सम्पन्न गर्ने दाबी गरेका राखेप सदस्य सचिव केशवकुमार विष्ट माघ २५ देखि फागुन ३ गते प्रतियोगिता आयोजना गरेरै छोड्ने दाबी गरे।
त्यतीबेला राखेपका सदस्य सचिव विष्टले बजेटको ढिलाईको कारण देखाएका थिए। विष्टले भनेका थिए, ‘बजेट समयमै आएन। बजेट नआउँदा पूर्वाधार निर्माणमा ढिलाइ भयो, त्यसकारण बाध्य भएर मिति सारिएको हो।’ तर, उक्त समयमा पनि प्रतियोगिता आयोजना हुन सकेन्।
पहिला मंसिर भनियो, त्यसपछि पटक-पटक सर्दै माघ, फागुन र चैत भनियो। अहिले खेलमा पूर्वाधार निमार्णका काम अझै नसकिने अवस्था आएपछि वर्षातलाई कारण देखाइएको छ। राज्य कोषको लाखौँ रुपैयाँ खर्च भएर पनि समयमै भौतिक पूर्वाधार नबनेपछि अन्तमा केहि दोष नभेटे पछि वर्षलाई बाधक बनेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले बताएका छन्।
आठौँको अन्यौलता सँगै नेपालले आयोजना गर्ने १३ औं दक्षिण एशियाली खेलकुदको अन्यौलता पनि छ। खेल बुझेका प्राविधिकहरुको टोलीले र प्रशिक्षकहरुले दिएको जानकारी अनुसार चैतमा पनि नेपालगञ्जमा खेल हुन सक्ने संभावना छैन।
प्राविधिक रुपमा जिल्लामा छनौट भएको खेलाडीलाई पटक पटक स्थगित गरेर कहिले हुने भनेर टुङगो नै नभएको राष्ट्रिय खेलको लागि तयार भएर बस भनेर भन्न सक्ने नेपालका खेल संघहरु पनि दोषका भागीदार हुन्। उनीहरुले राष्ट्रिय खेलकुद परिषदले जहिले र जसरी खेल गराए पनि सहभागी हुने गरेको तथ्यका कारण पनि नेपालको खेल क्षेत्रमा बेथिति बढेको पक्कै हो।
‘प्रतिकूल मौसमका कारण माघ र फागुन महीनामा पटक-पटक भएको बर्षातले लक्ष्यअनुसार निर्माणको काम हुन सकेको छैन।’ मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ का अध्यक्ष वलीले भने, ‘बर्षातका कारण प्रतियोगिता आयोजनास्थल नेपालगञ्ज रङ्गशालाको निर्माणमा अवरोध भएको छ। माघ महीनामा पटक-पटक गरी नौ दिनसम्म काम हुन सकेन, अहिले पनि पानीले समस्या गरेको छ।’ अध्यक्ष वलीले थपे, ‘बर्षातका कारण फिल्डको काममा अवरोध हुन पुगेको छ।’
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरेर निर्माण भइरहेका अधिकांश भौतिक संरचनाको कार्य करीब सम्पन्न भएको उनको दाबी छ। नेपालगञ्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रम गर्ने निर्णय गरेको छ । तर, प्रतियोगिताको उद्घाटन हुने नेपालगञ्ज रङ्गशाला र दाङको बेलझुण्डी रङ्गशालाको निर्माण कार्य अझै बाँकी रहेको उनले स्विकार गरे ।
नेपालगञ्ज रङ्गशालामा दुबो रोप्ने र प्याराफिट निर्माण कार्य सम्पन हुन अझै केही समय लाग्ने पक्का छ । तर, फागुन मसान्तसम्म ९० प्रतिशत काम पूरा हुने अध्यक्ष वलीले दाबी गरे । यतिम हैन अध्यक्ष ओलीले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ भित्रै सम्पन्न गरे रै छोड्ने समेत दाबी गरेका छन् ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल बाँके जिल्लाका विभिन्न खेलस्थलमा हुने र केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत बताइएको छ । पुरुष फुटबल सहित एथ्लेटिक्सका विभिन्न स्पर्धा बाँकेको नेपालगञ्ज रंगशालामा हुने निर्णय गरेको छ ।
मुल आयोजक समारोह समितिले गरेको निर्णय अनुसार बाँकेमा विभिन्न खेल स्थलमा १७ वटा खेलहरु हुनेछन् । बर्दियामा ४, दाङमा ७, कपिलवस्तुमा १ र रुपन्देहीमा ४ खेलहरु आयोजना हुनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४