बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • लेटर प्याड, छाप र अध्यक्षको हस्ताक्षर दुरुपयोग गर्नेलाई कारबाही गर्न माओवादी केन्द्रको माग

लेटर प्याड, छाप र अध्यक्षको हस्ताक्षर दुरुपयोग गर्नेलाई कारबाही गर्न माओवादी केन्द्रको माग

नेकपा माओवादी केन्द्रले पार्टीको लेटर प्याड, छाप र अध्यक्षको हस्ताक्षर दुरुपयोग गर्ने अनुसन्धान गरेर कारबाही गर्न माग गरेको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीको लेटर प्याड, छाप र अध्यक्षको हस्ताक्षर दुरुपयोग गर्ने अनुसन्धान गरेर कारबाही गर्न माग गरेको छ। 

triton college

माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

‘केही अपराधिक, अराजक एवम प्रतिगामी तत्वहरूले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को लेटर प्याड, पार्टीको छाप र अध्यक्ष कमरेड प्रचण्डको नक्कली हस्ताक्षर राखि सिंगो पार्टी पंक्ति, ५ दलीय गठवन्धन र आम जनसमुदायमा समेत भ्रम सिर्जना गर्ने कुत्सित उद्देश्यका साथ सामाजिक सञ्चालमा कथित मन्त्रिमण्डल बिस्तार सम्बन्धमा भनी गलत सूचना प्रवाह गरिरहेको सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यान आकृष्ट भएको छ,’ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

केही समय यता यस किसिमका प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरू अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बद्नाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु गर्दै आइरहेको माओवादी केन्द्रले जनाएको छ। 

‘यस किसिमका किर्ते र झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरू र आम जनसमयुदायमा समेत हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,‘प्रविधिको दुरुपयोग गरी समाजमा भ्रम फैलाउने तत्वहरूमाथि यथाशीघ्र अनुसन्धान गरी कडा कारबाहीको माग गर्दछौं।’

corrent noodles
Metro Mart

प्रकाशित: Jul 28, 2021| 13:45 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...