बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • पुलिसलाई हराउँदै क्यामरुंगले हात पार्‍यो तिलोत्तमा गोल्डकपको उपाधी 

पुलिसलाई हराउँदै क्यामरुंगले हात पार्‍यो तिलोत्तमा गोल्डकपको उपाधी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा – मोफसलको सबैभन्दा पुरानो तिलोत्तमा गोल्डकपको उपाधी पाहुना क्लब दाउफिनस क्यामरुंगले हात पारेकोछ। प्रतियोगिताको समूह (क) मा परेको अफ्रीकन क्लब दाउफिन्स एफसी क्यामरुंगले समूह (ख) को नेपाल पुलिस क्लबलाई हराउँदै उपाधी हात पारेको हो। 

प्रतियोगिताको फाइनल खेलमा नेपाल पुलिसलाई सडेनडेथमा ५–४ ले हराउँदै दाफिन्सले तिलोत्तमा गोल्डकपको २१ औं संस्करणको उपाधि कब्जा गर्न सफल भएको छ। उपाधी हात पारेसंगै दाउफिन्सले ८ लाख ८० हजार नगदसहित गोल्डकप प्राप्त गरेको छ।

यसअघि  वि.सं. २०३५, २०५१, २०५२ र २०५५ मा तिलोत्तमा गोल्डकपको उपाधी हात पारेको नेपाल पुलिस यस पटक उपविजेतामा खुम्चिएको छ।  प्रतियोगितामा उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद प्राप्त गरेकोछ। गतसाल थ्रि स्टारले उपाधि जितेको थियो।

आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीका अनुसार वि.सं. २०३३ सालमा पहिलो पटक भएको खेलको पहिलो संस्करण सिद्धार्थ क्लब रुपन्देहीले चुमेको थियो। यसैगरि वि.सं. २०३४ सालको दोस्रो संस्करणको उपाधि भारतीय बम्बे फर्टिलाईजरले चुमेको थियो। वि.सं. २०३५, २०५१, २०५२ र २०५५ मा गरि नेपाल पुलिस क्लब चार पटक उपाधि हात पारीसकेको थियो। 

यसैगरि कालिका स्र्पोर्टिङ् क्लब बुटवलले वि.सं. २०३९, २०४० र २०४१ सालमा लगातार प्रतियोगिता जित्दै ह्याटिक गरेको छ। वि.सं.२०४२ सालमा भएको संस्करण जनकपुर चुरोट कारखानाले हात पारेको थियो। वि.सं. २०४३ आरएनएसीले उपाधि जितेको थियो। 

यसैगरि वि.संं. २०५३ मा महिन्द्र एण्ड महिन्द्रा मुम्बई, वि.सं. २०५४ मा नेपाल आर्मी क्लब, विसं. २०५७ र २०७२ मा भने आयोजक रुपन्देही फुटबल संघले चुमेको थियो। वि.सं. २०६७ मा जावलाखेल फुटबल क्लब, वि.सं. २०७३ मा संकटा क्लब काठमाडौं, वि.स. २०७४ मा थ्रि स्टारले उपाधि जितेको थियो। आठौं पटकको लिग विजेता रहेको मनाङ्ग मस्याङ्गदीले भने अझैसम्म तिलोत्तमाको उपाधि चुमेको छैन।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लाली रुपन्देही ११ का आशिष गुरुङ् भएका छन्। उनले एउटा स्कुटी पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै प्रतियोगितामा नेपाल पुलिसका अनन्त थापा उत्कृष्ट खेल प्रशिक्षक, पुलिसकै हेम तामाङ् उत्कृष्ट मिड फिल्डर, पुलिसकै रवि पासवान उत्कृष्ट फरवाड, पुलिसकै बिक्रम धिमाल उत्कृष्ट डिफेन्स र क्यामरुनका प्रिसो उत्कृष्ट गोलकिप्पर भएका छन्। उनीहरुलाई समान २५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ।

प्रतियोगितामा समुह –क) बाट एफिएफ क्लब, झापा ११, दाउफिन्स एफसि क्यामरुंग, लाली रुपन्देही ११ सहभागी भएका थिए। यसैगरी समुह –ख) बाट च्यासल युथ क्लब, सिएमजी संकटा क्लब, सिंग्नेचर मनांग मरस्यांग्दी क्लब, ब्रदर्श युनाईटेड भारत र नेपाल पुलिस क्लब सहभागी भएका थिए। 

बुटवलको एन्फा एकाडेमीमा सम्पन्न तिलोत्तमा गोल्डकपले नेपालको फुटवल जगतमा राम्रो सन्देश प्रवाह गरेको प्रतियोगिका विजेता उपविजेतालाइ पुरस्कार तथा गोल्डकप वितरण गर्दै  राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बताए। उनले नेपालकै जेठो तिलोत्तमा गोल्डकप निरन्तर रुपमा सञ्चालन हुँदै आएकोमा खुसी व्यक्त गर्दै यस्ता खेलकुदले खेलाडी र खेलको संरक्षण गर्ने पनि बताए। उनले आठौं राष्ट्रिय खेलकुँद प्रदेश पाँचमा हुने समेत बताए । प्रतियोगिता सम्पन्न गर्न सबै पक्षबाट भएको सहयोगले आगमी दिनमा यस्ता कार्यक्रम गर्न अझै हौसला मिलेको अध्यक्ष के.सी.ले बताए। 

प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषदबाट ७ लाख, बुटवल उपमहानगर पालिकाबाट ८ लाख र अन्य प्रायोजन तथा सहयोग स्वरुप रकम उठाई व्यवस्थापन गरिएको आयोजकले बताएका छन्। प्रतियोगितामा ७७ लाख खर्च भएको आयोजकले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।