शनिबार, वैशाख ८, २०८१

टीकापुर हत्या काण्डको साढे ३ वर्ष पछि बहस सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी – कैलालीको टीकापुरमा साढे तीन वर्ष पहिले सुरक्षाकर्मी र नावालकसहित आठको ज्यान जाने गरी भएको नरसंहार मुद्दाको बुधबार जिल्ला अदालत कैलालीमा बहस सुरु भएको छ। 

लामो अध्ययनर र अनुसन्धान पछि बुधबारका लागि पेशी तोकिएकोमा न्यायाधीश परशुराम भट्टराईको इजलासमा बिहानैदेखि मुद्दाको बहस सुरु भएको हो। बादी तर्फबाट दुई जना सरकारी वकिल र प्रतिबादीका तर्फबाट पाँच जना वकिलले बहसको गरेको श्रेस्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए। उनका अनुसार प्रतिबादीका तर्फबाट ११–१२ जती कानुन व्यवसायी भएकाले बहस सकिएको छैन। आज बहस नसकिकाले भोली पनि जारी रहने उनले बताए।  

यसअघि साउन ३० गते पहिलो पटक मुद्दा पेशीमा चढेकोमा त्यो दिन वादी र प्रतिवादी दुवै पक्षलाई साक्षीसहित भदौ २४ गते अदालतमा उपस्थित हुन आदेश भएको थियो। यसअघि म्याद तामेली हुन नसक्दा मुद्दाको सुनुवाईको प्रक्रिया सुरु भएको थिएन। थरुहट–थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी एक नाबालकसहित नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेलगायत सात प्रहरीको ज्यान गएको थियो। एक घाईतेको उपचारका क्रमममा ज्यान गएको थियो। 

घट्नाका आरोपित भनिएका सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। दुई नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकी २३ लाई कैलाली कारागारमा राखिएको छ। 

घट्नामा संलग्न भनिएका मध्ये २२ जना अझैँ फरार छन्। उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ। 

प्रदर्शनकारीले बरिष्ठ प्रहरी उपरिक्षकसहितको टोलीलाई खुकुरी, भाला र बञ्चरो लगायतका घरेलु हतियार प्रहार गरि हत्या गरेका थिए। घट्नामा न्यौपानेसहित प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका तथा प्रहरी जवान लोकेन्द्र चन्दले ज्यान गुमाएका थिए। यस्तै सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरीको पनि घटनामा मृत्यु भएको थियो। सोहि घट्नामा दुई वर्षीय बालक टेकबहादुर साउदको पनि ज्यान गएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।