काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ। साढे एक बजेतिर ताप्लेजुङको दारेडाँडाको भिरमा कल साइन एएमआई (अल्फा माइक इन्डिया) को हेलिकोप्टर ठोक्किएर टुक्राटुक्रा भएको छ।
दुर्घटनामा परि सात जनाको मृत्यु भएको छ। हेलिकोप्टरमा सवार केहीको सव पुरै जलेको छ भने केहीको आधा जलेको छ।
दुर्घटनामा परि मन्त्री अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन गुरुङ, धुर्वदाश भोछिभैयालगायतको मृत्यु भएको हो।
हेलिकोप्टर विहान साडे आठ बजे काठमाडौंबाट ताप्लेजुङ गएको थियो। पाथिभरा दर्शन गरेर फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो।
खराव मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बुझिएको छ।