शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेपाल-भारत उर्जा विज्ञको बैठक बस्दै, पञ्चेश्वर प्राथमिकतामा

नेपाल-भारत उर्जा विज्ञको बैठक बस्दै, पञ्चेश्वर प्राथमिकतामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल र भारत जल तथा उर्जा विज्ञहरुको संयुक्त तेस्रो बैठक बुधबारदेखि सुरु हुँदैछ । बैठकमा दुई देशको हितमा हुने गरि जलस्रोतको उपयोग कसरी गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा पञ्चेश्वर बहुउद्धेश्यिय आयोजनाको कार्यान्वयनका विषयमा पनि छलफल हुने भएको छ । सो बैठकमा नेपालले पेश गर्ने एजेन्डाका विषयमा जल तथा उर्जा आयोगको सचिवालयले मंगलबार प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको हितका पक्षमा खुलेर आफ्ना कुरा राख्न  र त्यस अनुसारको तयारी गर्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीले २३ बर्ष अघि महाकाली सन्धी अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनु पर्ने १० घन मिटर प्रति सेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकोले यस बिषयलाई गम्भिरताका साथ उठाउनु पर्ने बताएका थिए । 

२०५२ माघ १९ गते भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटर प्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यन्वयन गराउने भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।