बुधबार, वैशाख १२, २०८१

जसपा लोकतान्त्रिक दर्ता गर्दै महन्थ ठाकुर

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले जसपा लोकतान्त्रिक पार्टी दर्ता गर्ने तयारी गरेको छ।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले जसपा लोकतान्त्रिक पार्टी दर्ता गर्ने तयारी गरेको छ। सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि ठाकुर समूहले नयाँ पार्टी दर्ता गर्न लागेको हो। 

सरकारले राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्दै केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्यको समर्थन रहे दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याएको छ। अध्यादेश बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन्। 

अध्यादेश प्रमाणीकरण भएपछि दल दर्ताको तयारी भएको ठाकुर निकट एक नेताले जानकारी दिए। उनका अनुसार पार्टीको अध्यक्षमा महन्थ ठाकुर रहने छन् भने चुनाव चिन्ह साइकल रहने बताइएको छ। ११ साउनमा निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुरसहितका नेताहरुले नयाँ दल दर्ताको तयारी गरेका हुन्।

प्रकाशित: Aug 18, 2021| 14:29 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...