काठमाडौं- आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको छ । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८६ रन बनाउन सक्यो ।
कुवेतका लागि मर्याम ओमरले सर्वाधिक २९ रन बनाए पनि टोलीको जितका लागि प्रयाप्त भएन् । उनले ३६ बलको सामना गर्दै तीन चौकाको मद्दतमा २९ रन जोडीन् । त्यस्तै प्रियादा मुरलीले १४, सब्रिन जाकीले १२ र मरियम्मा हिडरले रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
कुवेतलाई सस्तैमा समेट्न नेपालका लागि कामना भण्डारीले सर्वाधिक तीन विकेट दिइन् । उनले चार ओरभ बलिङ गर्दै मात्र १२ रन खर्चेर तीन विकेट लिएकी हुन् । त्यस्तै रुविना श्रेत्री बेलबाशीले पनि तीन विकेट लिइन् । नेरी थापा र कविता कुँवरले एक एक विकेट लिए ।
यसअघि नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो । नेपालका लागि लागि बिन्दु रावलले अविजित रहदै सवार्धिक २८ रन जोडिन । बिन्दुले ४९ बलमा १ चौकाको सहयोगमा २८ रन जोडेकी हुन् । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २२ रन जोडीन् ।
यस्तै नेरी थापाले १९ रन जोड्दा काजल श्रेष्ठले १८ तथा इन्दु बर्मा र रोमा थापाले समान ७-७ रन जोडिन् । कुवेतका लागि मर्याम ओमरले २ विकेट लिईन् । ग्लोबल छनोटमा स्थान बनाउन नेपालले अब थाइल्याण्ड र युएइबिचको खेलको नतिजाको पर्खाइमा रहनु पर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४