मंगलबार, वैशाख ४, २०८१

महाकाली सन्धिअनुसार नेपालले पानी पाउनु पर्छ : ओली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा बुधबारदेखि सुरु नेपाल र भारतका विज्ञको संयुक्त बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिलाई राष्ट्रिय हितका पक्षमा खुलेर छलफल गर्न निर्देशन दिएका छन्। 

जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा आफूलाई जानकारी गराउन आज सिंहदरबारमा आयोजना गरेको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रको हितका पक्षमा खुलेर आफ्ना कुरा राख्न सक्ने गरी तयारी गर्न आग्रह गरे। दुई देशका विज्ञको संयुक्त तेस्रो बैठक बुधबार र बिहीबार काठमाडौंमा हुँदै छ। 

नेपाल–भारतस्तरीय छलफलमा प्रधानमन्त्री ओलीले २३ वर्षअघि महाकाली सन्धिअनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनुपर्ने १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकाले यस विषयलाई गम्भीरताका साथ उठाउनुपर्नेमा जोड दिए। ‘हाम्रो पहिलो प्राथमिकता सन्धिको कार्यान्वयन हो, सन्धिअनुसार नेपालले १० क्यूमेक्स पानी पाउनुपर्छ, सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति अब हुनुहुँदैन,’ प्रधानमन्त्रीले भने। 

वि.सं. २०५२ माघ १९ गते भएको महाकाली सन्धिको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिँचाइका लागि भारतले १० घनमिटर प्रतिसकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यान्वयन गराउन भारतलाई तत्पर गराउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। आजको बैठकमा ऊर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराईलगायतको सहभागिता थियो। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।