मंगलबार, वैशाख ४, २०८१

निष्ठावान् नेता निधि, जसले छोराको सिफारिस गरेनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - महेन्द्र नारायण निधि नेपाली राजनीतिको इतिहासमा बिर्सन नसक्ने नाम। गान्धीवादी, निष्ठावान्, जुझारु, प्रतिबद्धलगायतका दर्जनौं विशेषणहरु जोडिन्छ उनको नाउँको अगाडि।

विक्रम संवत् १९७८ मा आजकै दिन धनुषाको नगराइनमा जन्मेका महेन्द्र नारायण निधिले मुलुकमा प्रजातन्त्र स्थापनार्थ पुर्‍याएको योगदान कसैले बिरलै भुल्न सक्छ। युवावस्थादेखि नै राणा र पञ्चायतीविरुद्ध संघर्ष गरेका उनी जीवनको अन्तिम घडीसम्म राजनीति, मुलुक र समाजप्रति निष्ठावान् रहिरहे।

राजनीतिक यात्राको क्रममा कैयन् पटक जेलनेल गएका, भारतमा निर्वासन बसेका महेन्द्र कहिल्यै पनि पञ्चायती शासकसामु घुँडा टेकेनन्। मुलुकमा प्रजातन्त्र ल्याउनुपर्ने जुझारुपना र जनता स्वतन्त्रतापूर्वक बाँच्न पाउन उनको चाहनासामु तत्कालीन राजा महेन्द्रको समेत केही चलेन। २०४६ सालको जनआन्दोलनको सफलतापछि कांग्रेसका महामन्त्री र जलस्रोतमन्त्रीसमेत बनेका थिए उनी।

महेन्द्र नारायणका जेठा छोरा नवेन्द्र निधि भन्छन्, ‘बुबा नीति र सिद्धान्तप्रति सदैव निष्ठावान् हुनुहुन्थ्यो। प्रजातन्त्र स्थापनाका लागि अहोरात्र खट्न उहाँलाई थोरै पनि समस्या हामीले कहिल्यै पाएनौं।’ घरका जेष्ठ सदस्यहरुबाट उनको विषयमा सुनेको घटनाबारे नवेन्द्रले भने, ‘बुबा राजनीतिमा लागेपछि हजुरबुबालाई चिन्ता भयो। छोरा बिग्रियो भनेर। तर हजुरबुबा उहाँसँगै काठमाडौं पुगेपछि उहाँले पाएको सम्मान देखेर आश्चर्यचकित हुनुभयो।’ उच्च शिक्षा पढ्ने बेलासमेत बुबाले कहिल्यै आफ्नो सिफारिस नगरेको जनकपुरको राराब क्याम्पसका पूर्वप्रमुखसमेत रहेका नवेन्द्रले सुनाए।

‘कृष्णप्रसाद भट्टराईजी त्यतिखेर सभामुख हुनुहुन्थ्यो। र, बुबाले हजुरबुबालाई संसदमा लग्नुभयो। बुबा संसद् पुगेपछि भट्टराईजी उठेर सम्मान गर्नुभयो,’ नवेन्द्रले भने, ‘बुबाप्रति भट्टराईजीको यस्तो व्यहार हेरेर हजुरबुबालाई लागेछ, छोरो त ठूलो मान्छ पो भएछ।’

‘विमलेन्द्रजीलाई (कांग्रेस उपसभापति)  एसएलसी दिनुपर्ने थियो। तर उहाँ जेलमा हुनुहुन्थ्यो,’ महेन्द्र नारायणको सानिध्यमा राजनीति गरेका राष्ट्रियसभाका पूर्व सांसद महेन्द्र मिश्र भन्छन्, ‘तत्कालीन अञ्चलाधीशले महेन्द्रजीलाई बोलाएर छोरो जिम्मा लिनुस्, हामी छोडिदिन्छौं भनेका थिए।’

तर महेन्द्र नारायणले अञ्चलाधीशलाई ‘म आफ्नै जिम्मा लिन सक्दिनँ, छोरोका जिम्मा कसरी लिनु’ जबाफ फर्काएका थिए। उनको यस्तो जबाफ सुनेर अञ्चलाधीश अनुउत्तरित भएको मिश्र सुनाउँछन्। पछि जेलमा रहेका विमलेन्द्रलाई अञ्चलाधीशले छोडेपछि उनी एसएलसीमा सहभागी भएको मिश्रले बताए।

उहाँको निष्ठा र इमानदारीबाट अहिलेका राजनीतिज्ञहरुले शिक्षा लिनुपर्ने मिश्रको भनाइ छ। पार्टीको विधानलाई सर्वोपरी ठात्रे महेन्द्रजीलाई गलत कहिल्यै गलत कुरा सह्य नगरेको उनले बताए।

अहिलेको राजनीतिमा परिवारवाद हाबी रहेका बेला महेन्द्र नारायणले अपनाएको सिद्धान्त पालनगर्नु आवश्यक रहेको कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादव बताउँछन्। आइएससी उतीर्ण गरिसकेका जेठा छोरा नवेन्द्रलाई इन्जिनियरिङ पढ्न उनले सिफारिस नगरेको प्रसंग सुनाउँदै यादवले भने,‘महेन्द्रजीले सिफारिस गरेपछि भारतीय दूतावासले अस्वीकार गर्न सक्दैनथ्यो होला। तर उहाँले आफ्नै छोराको समेत सिफारिस गर्नु भएन्। अहिलेको समयमा उहाँजस्तो इमान्दार नेता पाउन कठिन छ।’ ‘छोरा नवेन्द्रले दूतावासमा सिफारिस गर्न बुबालाई भनेका थिए,’ यादवले भने,‘तर उहाँले फर्ममा बुबाको नाउँमा मेरो नाम छँदै छ,गर्ने भए गर्छन। तर म सिफारिस गर्दिन भनेर छोरालाई जबाब दिनु भएको थियो।’ बुबाले इन्जिनियरिङ पढ्न दूतावासमा सिफारिस नगरेपछि बाध्य भएर नवेन्द्रले विज्ञान विषयमा स्नातक र त्यसपछि स्नातकोत्तर गरे।

नैतिकता, इमानदारी र प्रतिबद्धता महेन्द्रनारायण निधिको पर्यावाची रहेको नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव बताउँछन्। सादा जीवन र उच्च विचारका धनी उनी नेपाली कांग्रेसभित्र गान्धीवादी छविका हासिल गरेको यादवको भनाइ छ। नेपालको वर्तमान राजनीतिक सन्दर्भमा उहाँले अपनाएको शैली अनुसरण गर्नुपर्नेमा यादवको जोड थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।