बिहीबार, वैशाख १३, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज फागुन ११ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

बम बिष्फोटका घाइतेको सरकारले निःशुल्क उपचार गर्ने 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि गराइएको बम बिष्फोटका घाइतेलाई भेटेर उनीहरुको निःशुल्क उपचार गर्ने जनाएका छन्। 

दिपेन्द्र बने प्रतियोगिताको सर्वोकृष्ट खेलाडी

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटमा सिवाइसी अत्तरियाको कप्तानी सम्हालेका दिपेन्द्र सिंह ऐरी प्रतियोगितको मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् । आफ्नो टोलीलाई पहिलो पटक डिपिएलको उपाधि दिनाउन महत्वपूर्ण भुमिका खेलेका ऐरी प्रतियोगितको भ्यालुएबल प्लेयर घोषित भएका हुन् ।

प्रेसमाथिको हस्तक्षेप सह्य हुँदैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेसमाथि हुने कुनै किसिमका हस्तक्षेप कांग्रेसलाई सह्य नहुने बताएका छन्। नेपाल प्रेस युनियन कास्कीको नवौँ अधिवेशन तथा पुरस्कार वितरण समारोहको शनिबार पोखरामा उद्घाटन गर्दै उनले वर्तमान सरकार प्रेस स्वतन्त्रता माथि आक्रमण गर्न उद्यत रहेको आरोप लगाए। 

गौतमबुद्ध विमानस्थलबाट भदौदेखि व्यावसायिक उडान

सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो। आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन। कामको गति कछुवाको जस्तै थियो। समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन। निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन 

पहिलो पटक अत्तरियालाई डिपिएलको उपाधि 

सन्नी पटेलको अलराउण्डर प्रदर्शनको मद्दतले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटको उपाधि सिवाइसी अत्तरियाले जितेको छ । शनिबार भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरियाले पहिलो पटक डिपिएलको उपाधि जितेको हो । दिपेन्द्र सिंह ऐरीले आफ्नो कप्तानमा पहिलो पटक घरेलु प्रतियोगिताको उपाधि जिताएका हुन् । 

होस्टल जिन्दगी : सजिलो तर अव्यवस्थित

 ‘होस्टल’ भन्नेबित्तिकै धेरैलाई लाग्न सक्छ, क्याम्पस–स्कुलमा विद्यार्थीको आवास गृह। जहाँ निश्चित नियम र परिधिभित्र विद्यार्थीलाई खानेबस्ने र पढ्ने सुविधा हुन्छ। मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै अहिले ‘होस्टल’ ले व्यापकता पाएको छ। यो अब शिक्षण संस्थाको सीमाबाट फैलिएको छ। अध्ययन र कामका लागि बाहिरबाट सहरी क्षेत्रमा आउनेका लागि बसोबास गर्न होस्टेल पहिलो रोजाइ बनेको छ। त्यसैले सहरी क्षेत्रमा होस्टेल व्यवसाय फैलिएको छ। व्यवसाय सञ्चालन गर्ने मापदण्ड र सरकारी निकायबाट नियमन नहुँदा होस्टल सञ्चालकबाट धेरै विद्यार्थी ठगिइरहेका छन्। 

अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ

कपिलवस्तुमा प्रहरीले पाँच लाख बराबरको अवैध चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। 

विवेकशील साझाको प्रदेश १ संयोजकमा अनिल भेटवाल

विवेकशील साझा पार्टीले प्रदेश नं. १ को संयोजकमा झापाका समाजसेवी तथा उद्यमी अनिल भेटवाललाई नियुक्त गरेको छ। पार्टीको परम्परा अनुसार माटोको टिका लगाएर भेटवाललाई प्रदेश नं १ को संयोजकको जिम्मेवारी दिइएको हो।

प्रधानमन्त्रीद्वारा जन्मदिनको अवसरमा वृक्षारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन्। 

‘अहिले रोज्दै, पहिले खोज्दै’

जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थामा यहाँको विद्यालयमा विद्यार्थी चाप बढ्दो छ। तुलसीपुर-४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यमिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको हो। विद्यार्थी अभावले कतिपय विद्यालय एक अर्कोमा गाभ्नुपर्ने अवस्था छ। 

कञ्‍चनपुरमा पनि एनसेल टावरमा आगजनी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा शुक्रबार राति आगजनी गरिएको छ।

नख्खु बम विष्फोटमा एकजनाको मृत्यु

ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु भएको छ। ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद गुरुङको मृत्यु भएको छ।

किताबमाथि प्रतिबन्ध भए पनि आपत्ति छैन : विवेक

विवेक ओझा ! सुनौलो भविष्य खोज्दै सुदूर बस्तीबाट राजधानी छिरेको एउटा २६ वर्षीय ठिटो। जसको अघि थुप्रै रहर र सपनाको चाङ छन्। तिनै विवेकले एउटा रहर पूरा गर्न २०७४ सालमा प्रकाशित गरे औपन्यासिक कृति ‘ऐलानी’। उक्त कृतिलाई पाठकले औधी रुचाए।कृतिले राम्रो व्यापार गर्‍यो।

घाइते मेस्सीलाई किन घोच्दै छ बार्सिलोना?

बार्सिलोनाका स्टार खेलाडी तथा कप्तान लियोनल मेस्सी पछिल्लो पटक २ फेब्रअरीमा भ्यालेन्सियाविरुद्धको खेलमा घाइते भएका थिए । उनी ला लिगाको २२ औं खेलको ६९ औं मिनेटमा घाइते भएका थिए । उक्त खेलमा बार्सिलोनाले २-२ को बराबरी खेल्दा कप्तान मेस्सी एक्लैले दुई गोल गरेका थिए । 

जुम्‍लामा एक महिनादेखि सडक अवरुद्ध, दैनिक उपभोग्‍य सामग्रीको अभाव

कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडक करीब एक महीनादेखि अवरुद्ध छ। भारी हिमपातका कारण सडक खुलाउने प्रयास गरिए पनि अझै खुलाउन सकिएको छैन।

विषाक्त मदिरा सेवनले २५ मजदुरको मृत्यु

भारतमा विषाक्त मदिरा सेवन गरेको कारण १५ महिला सहित २५ जनाको मृत्यु भएको छ। 

राजधानीमा रातभर बम आतंक : नख्‍खुमा विस्फोट हुँदा तीन जना घाइते, कमलपोखरीमा डिस्पोज

राजधानी काठमाडौंमा शुक्रबार राति बम आतंक मच्चाइएको छ। राजधानीका विभिन्‍न ठाउँमा राखिएको बम बिस्फोट भएको छ। 

यसकारण बढ्दैछ सुनको भाउ

केही दिनअघि मात्रै पाँच वर्ष यताकै महंगो सुनको भाउ पुगेको थियो। बुधबार प्रतितोला छापावाल सुन तोलाको ६३ हजार तीन सय रुपैयाँ पुगेको हो।

श्रेया र अनुराग अभिनित बादलको टिजर सार्वजनिक

यहि फागुन १७ गते गायक संजीव खरेलले आफ्नो नयाँ म्युजिक भिडियो बादल सार्वजनिक गर्ने भएका छ्न्।  यस गीतमा उनको आफ्नै एकल स्वर, शब्द र संगीत रहेको छ। गीतको एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन्।

कमल थापाको प्यारो नेपाल सार्वजनिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष समेत रहेका गीतकार कमल थापाले रचना गरेको गीतिसंग्रह ‘मेरो प्यारो नेपाल’को लोकार्पण भएको छ।

संगीतमा नारी पहिचानको पलेँटी

मेलवा देवीदेखि सुरुभएको नेपाली संगीतमा नारी स्वरको स्तुतीगर्दै पलेँटीको पुनर्दयभएको छ। आधुनिक नेपाली संगीतको सम्झना र सम्वद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ सञ्चालित यो कार्यक्रम केही समय बन्द भएको थियो। पुनः सञ्चालित कार्यक्रमलाई विषयगत रुपले प्रस्तुत गरिने कार्यक्रमका प्रस्तोता आभाषले जानकारी दिए।

विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ। अन्य २०० जना विरामी भएर अस्पतालमा रहेका अधिकारीहरुले शनिबार जनाएका छन्। मृत्यु भएका र विरामी भएका सवै जना मजदुर रहेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।