बिहीबार, वैशाख १३, २०८१

संगीतमा नारी पहिचानको पलेँटी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – मेलवा देवीदेखि सुरुभएको नेपाली संगीतमा नारी स्वरको स्तुतीगर्दै पलेँटीको पुनर्दयभएको छ। आधुनिक नेपाली संगीतको सम्झना र सम्वद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ सञ्चालित यो कार्यक्रम केही समय बन्द भएको थियो। पुनः सञ्चालित कार्यक्रमलाई विषयगत रुपले प्रस्तुत गरिने कार्यक्रमका प्रस्तोता आभाषले जानकारी दिए। 

सोही कार्यक्रम अन्र्तगत पहिलो प्रस्तुती नेपाली संगीतका नारी नक्षत्रहरुलाई सम्झँदै शुक्रबार थालनीभएको छ। पछिल्लो समयकी गायिका मिनाको स्वर र प्रस्तोता आभासको संस्मरणमा कार्यक्रम चलेको थियो।

कार्यक्रमको सुरुवात मेलवा देवीकै ‘न घरलाई घर कहिन्छ’बाट सुरुभएको थियो। शहिद शुक्रराज शास्त्रीले रचना गरेको यो गीत सुनाएपछि आभाषले नेपाली गायिकाहरुसँगको आफ्ना सम्झना सुनाउँदै कार्यक्रमलाई अघि बढाएका थिए। 



उनले थालनी गरे कोइली देवीबाट। रेडियो नेपालमा भेटिएकी कोइली देवीपनि मेलवा देवीजस्तै राणाकालको दरबारमै हुर्किएकी अर्की गायिका हुन्। ‘कोइली देवीलाई भेट्नु एउटा कालखण्डकै प्रतिनिधि देख्नु थियो,’ आभाषले भने, ‘मेलवा देवी जत्तिको शास्त्रीय वा आधुनिक दूवै नभएपनि उनको खिरिलो आवाजले निकै प्रभाव विस्तार गरेको थियो।’ त्यसपछि कोइली देवीले गाएको ‘सम्झिरहन्छु निसदिन केवल हजुरलाई’ सुनाइएको थियो।

जब तारादेवीको प्रसँग सुरुभयो तब गाइयो राष्ट्रकवि माधव घिमिरेको रचना अनि नातिकाजीको संगीतमा ‘फूलको थुँगा बहेर गयो’। त्यसपछि प्रस्तुती दार्जिलिङतर्फ मोडिएर जसै अरुणा लामा (सबैले भन्थे लयालु फूलभइ), शान्ति ठटाल (सम्हालेर राख), डेजी बराइली (एउटा खुलाकिताबहुँ म) र दावाग्याल्मो (सहर भित्र केको हल्ला) तर्फ प्रवेश गर्‍यो उसैगरि नेपाली संगीतमा अम्बर गुरुङ र गोपाल योञ्जनका योगदानहरुको चर्चा पनि सुरुभएको थियो।

प्रसंग फेरि काठमाडौं भित्रिएपछि गौरी केसीको ‘रानीतलाउ किनारा’, तारा थापाको ‘तारि न देऊ हे माझीदाई’ र मिरा राणाको ‘मखमली चोलो’ हुँदै अघिबढेको थियो। हिरादेवी वाइवाको ‘फरिया ल्याइदेका त्यै पनि राताधनन’ प्रस्तुत गर्ने बेलामा भने पलेँटीका निम्ति उनलाई निम्त्याउने प्रयास चलिरहेकै बेला पश्चिम बंगालस्थित घरमै आगलागीमा परेर उनको निधनभएको चर्चासँगै माहोल भावुक बन्नपुगेको थियो।

‘मेलवादेवी र हिरा देवीजस्ता गायिकालाई आगोले पोलिरहेको बेला बचाउने पनि कोहि भइदिएनन्,’ आभाषले अवरुद्ध कण्ठसहित भनेका थिए, ‘जलिरहेको बेला हिरा देवीले रातै सारी पो लगाएकी थिइन् कि भनेर अहिले पनि झस्किरहन्छु।’

कार्यक्रमले त्यसपछि पछिल्लो कालखण्डमा प्रवेश गर्दै मञ्जुलको रचनामा गाउने सुनिता सुब्बाको ‘चिरविर गर्ने चरी’ सुनाएको थियो। कार्यक्रममा उल्लेख गरिएकामध्ये गायिकाहरु सुनिता सुब्बा, कुन्ती मोक्तान र संगीता प्रधानको उपस्थिती पनि रहेको थियो।

नेपाली गीतगाउने भारतीय गायिकाहरु लतामंगेशकर (आकाशमा तिरमिरे तारा) र उषा मंगेशकर (वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर)को सम्झना पनि कार्यक्रममा गरिएको थियो। प्रस्तोता मिनाले माइती मणिपुरकै भाषामा आफैले गाएको त्यस भेगकै प्रसिद्ध गीत ‘नोखिधरा’ सुनाएपछि अन्त्य भने फेरि मेलवा देवीकै कालजयी गीत ‘सवारी मेरो रेलैमा’ बाट गरिएको थियो।

‘हाम्रो परिवेशले नारी स्वरहरुलाई लामो साधनामा अघि बढ्न नदिइरहेको यथार्थका बीच उनीहरुको यसरी सम्झना गरिनु राम्रो लाग्यो,’ कार्यक्रम हेरेपछि राजनीतिज्ञ एवं लेखक रघुजी पन्तको प्रतिक्रिया थियो, ‘व्यवस्थित प्रस्तुती र सुमधुर गीतहरुको मिठो समागम पाएँ।’

पलेँटीको यो क्रम शनिबार र आइतबार पनि चल्ने 

बुकिङ गर्न चाहनेहरुका निम्ति (www.thuprai.com) अनलाइनबाटै टिकट प्राप्त गर्नसकिने ब्यवस्था मिलाइएको छ। त्यसै गरि टेलिफोनबाट समेत बुकिंग गर्नेहरुलाई घरमै टिकट पठाइदिने ब्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।