शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सिमानामा बाँध बनाउँदै भारत, सामाजिक सञ्‍जालमा अंकुश लगाउँदै सरकार

सिमानामा बाँध बनाउँदै भारत, सामाजिक सञ्‍जालमा अंकुश लगाउँदै सरकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-  राजधानीबाट शनिबार प्रकाशित पत्रपत्रिकामा विभिन्‍न विषयलाई प्राथमिकता दिएर समाचारहरु छापेको छ। नेपाल समयको बिहानी अपडेटमा अखबारले छापेका मुख्य समाचारहरु र रातभरी भएगरेका घटना तथा गतिविधिहरुलाई यहाँ प्रस्तुत गरिएको छ। 

शनिबार प्रकाशित नागरिक दैनिकले सिमानामा भारतीय पक्षले बाँध बनाउन थालेपछि १३ सय नेपाली परिवार डुबानको जोखिममा परेको समाचार प्रकाशि गरेको छ। भारतीय पक्षले सन्धिसम्‍झौता विपरित एकतर्फी रुपमा सिमानामा ड्‍याम निर्माण गर्न थालेको हो। भारतीय पक्षले कैलारी गाउँपालिकाको ३, ५ र ७ नम्बर वडाको सीमामा ड्याम बनाउन लागेको हो। 

सरकारले सामाजिक सञ्‍जालमा अंकुश लगाउने गरी नियम ल्याउन लागेको विषयमा आजको कान्तिपुर दैनिकले समाचार छापेको छ। विद्युतिय कारोबार ऐन २०६३ लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक २०७५ मा प्रशासनिक निकायलाई अधिकार दुरुपयोगका लागि ठाउँ छोडिएको छ। विशेषगरी इन्टरनेट र सूचना प्रविधिनलाई नियमन गर्न तयार पारिएको भएपनि विधेयकले सामाजिक सञ्‍जाल र त्यसमा हुने सामग्रीलाई नियन्त्रण गर्न सकिने प्रशस्त ठाउँहरु राखिएका छन्। 

अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट शिर्षकमा आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ। सन १९५६ मा सोभियत संघले पहिलोपटक सफलतापूर्वक स्याटलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको थियो। त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो नानो स्याट्‍लाइट अन्तरिक्षमा पठाउँदै छ। जापानमा अध्ययनरतन नेपाली वैज्ञानिक आभास मास्‍के र हरिराम श्रेष्ठले बनाएको 'नेपाली स्याटलाइट-१' लाई अमिरिकाको एक निजि अन्तरिक्ष कम्पनीले ४ वैशाखमा प्रक्षेपण गर्ने भएको छ। यसको निर्माण र प्रक्षेपणमा नेपालले करिब दुई करोड रुपैयाँ खर्च गरेको छ। स्याटलाइटले अन्तरिक्षबाट पठाएको तस्बिरका आधारमा जलवायु परिवर्तन र मौसम तथा विपद् सम्बन्धी पूर्वजानकारी पाइनेछ। 

जनतालाई पानी खोज्‍न जनप्रतिनिधि जंगल–जंगल शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा खबर छ। संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको दुई साता हुन लाग्यो । राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान खोजी गरिरहेको छ । गाउँभन्दा माथिका धेरै जंगल घुमे पनि ‘खास उपलब्धि’ हात नपरेको मेयर राईको भनाइ छ ।

‘जलस्रोतको धनी देशका गाउँमा जनता पानी नपाएर प्याक–प्याक परेका छन्’, उनले भने, ‘पानीको चरम अभाव टार्न सकिन्छ कि भनेर हिँडे पनि भरपर्दो मुहान फेला पार्न सकेका छैनौं । साना मूल मात्र भेट्यौं ।’ उनका अनुसार वडानम्बर ९ स्थित भालुखोप जंगल सिरानमा एउटा मुहान फेला परेको छ । तर, त्यसले पानी पुग्न सक्ने सम्भावना नरहेको मेयरले सुनाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।