शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वीर अस्पतालको लिफ्ट चुँडियो : दुई मजदुरको मृत्यु, एक घाइते

वीर अस्पतालको लिफ्ट चुँडियो : दुई मजदुरको मृत्यु, एक घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- वीर अस्पतालको नवनिर्मित भवनमा रहेको लिफ्ट चुँडिदा सोही ठाउँ काम गर्ने दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। 

ज्यान गुमाउनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधरी र २० वर्षीय भूमिकुमार चौधरी रहेको प्रहरीले जनाएको छ। त्यसैगरी सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन्। 

उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। चिकित्सकहरुका अनुसार उनको रक्तश्राव रोकिएको छैन।


प्रहरीका अनुसार तीन जनै निर्माण मजदुर हुन्। गएराति करिब ८ बजे सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्टको चार तलामाथिबाट चुडिएर उनीहरु खसेका थिए। दुई जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।