शुक्रबार, वैशाख ७, २०८१

प्रदेश सरकारको निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
डोटी- सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्ले गरेका निर्णय कार्यान्वयन गराउन केन्द्र सरकारको भर पर्नुपर्ने भएको छ। 

गएको माघ ६ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कैलालीस्थित मालाखेती अस्पताल, डडेल्धुरास्थित जोगबुडा अस्पताल, दार्चुलास्थित गोकुलेश्वर अस्पताललाई १५ श्ययाबाट २५ श्यया र बेलौरी कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो। 

सामाजिक विकास मन्त्रालयको प्रस्तावका आधारमा मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय पारित गरे पनि कार्यान्वयनका लागि सङ्घीय सकारकै मुख ताक्नु परेको छ। उक्त निर्णयबमोजिम स्वीकृति पाउन, दरबन्दी सिर्जना गर्न र पदपूर्तिका लागि सङ्घीय स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पठाइएको उक्त मन्त्रालयका सचिव गोगनबहादुर हमालले बताए। 

यसअघि संरचना, श्यया, जनशक्ति र उपकरण नथपिकन नै सेती अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाउने पनि प्रदेशस्तरमा निर्णय भयो। प्रादेशिक अस्पतालको बोर्ड लगाउनका लागि सामाजिक विकास मन्त्रालयको निर्देशनमा बोर्ड तयार भएर पनि कार्यान्वयनमा आउन सकेन। 

त्यस्तै डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई उपप्रादेशिक अस्पताल, महाकाली अञ्चल अस्पताललाई भीमदत्त पन्त अस्पताल बनाउने निर्णय कार्यान्वयनका लागि जनशक्ति र बजेट व्यवस्थापन गराउन सङ्घीय सरकारकै मुख ताक्नुपर्ने भएकाले उक्त निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। सेती अञ्चल अस्पतालका मेडिकल सुपरेटेण्डेन्ट डाक्टर हेमराज पाण्डेयले परिपक्व निर्णय नभएकाले कार्यान्वयनमा समस्या आएको बताए। सङ्घीय सरकारले सुदूरपश्चिमका सबै अस्पताल र स्वास्थ्य चौकी प्रदेश सरकारलाई महीनाँै अगाडि हस्तान्तरण गरिसकेको थियो। 

अस्पताल स्तरोन्नति भएसँगै फेरि सङ्घीय सरकारकै मातहतमा गइसकेको छ तर प्रदेश सरकारको मातहतमा रहेका अस्पतालका विषयमा गरिएका सबै निर्णय कार्यान्वयनका लागि पनि फेरि सङ्घीय सरकारकै मुख ताक्नुपर्ने अवस्थाले समस्या भएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव हमालले बताए। 

प्रदेशभरिका सबै स्वास्थ्य संस्था सञ्चालनका लागि प्रदेशले बजेट व्यवस्थापन गर्न नसक्ने भएकाले सङ्घीय सरकारकै भरपर्नुपर्ने देखिएको बताउँदै उनले भने, 'परिपक्व निर्णय नहुँदा यहाँका तीन अस्पताल र एक स्वास्थ्य केन्द्र स्तरोन्नतिको निर्णय कार्यान्वयनमा पनि समय लाग्ने भएको छ।' नाममै सीमित डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताललाई शुरुमा प्रदेशको मातहतमा पठाएको सङ्घीय सरकारले फेरि स्तरोन्नति गर्दै सङ्घीय सरकारकै मातहतमा राख्ने निर्णय गरेको छ।
 
संघीय सरकारको हेपाहा प्रवृत्तिकै कारण उपक्षेत्रीय स्तरका अस्पतालमा न दरबन्दीअनुसारका चिकित्सक भए, न अस्पतालको स्तरोन्नति भयो, न उपकरण नै पाइयो भन्दै स्थानीयवासी आक्रोसित हुन थालेका छन्। उनीहरु भन्छन्, 'नाम फेरेर मात्रै हुँदैन उपकरण र काम पनि फेर्नुपर्‍यो।' 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।