बिहीबार, वैशाख १३, २०८१

‘दुई पटक रिपोर्ट पठाउँदा पनि वास्ता गरेन काठमाडौंले’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- महेन्द्रनगर युनाइटेड तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनल प्रवेश गरेको डिपिएल रेफ्रि कमिटि प्रमुख समिर खानले बताएका छन् । महेन्द्रनगर र काठमाडौं गोल्डेन्सबिचको खेलमा काठमाडौंले खेल खेल्न नमाने पनि महेन्द्रनगरलाई फाइनल प्रवेश गरेको घोषणा गरेको हो । 

भारतीय खेलाडी अंकित दवास प्रतिबन्धमा परेपछि माठमाडौंले क्वालिफायर खेल खेल्न अस्विकार गरेको थियो । ‘आइसिसीको आर्टिकल १६.२१ र १६.२२ का अनुसार कुनै टिमले यदि खेल खेल्न अस्विकार गर्दछ भने अर्को टिमलाई स्वतह विजयी गराइन्छ ।’ 

रेफ्रि कमिटि प्रमुख खानले भने, ‘रिपोर्टिङ समय, टस समय तथा खेल सुरु हुने समय सम्म टोलीबाट खेल्ने नखेल्ने कुनै जानकारी नआए पछि आइसिसीको नियम अनुसार महेन्द्रनगरलाई विजयी गरायका हौ ।’ टोलीले कुनै कारण नदेखाएको र सम्पर्क गर्दा समेत कुनै कारण नदिएकाले खेल अस्विकार गर्नुको कारण भन्न नसकिने रेफ्रि कमिटि प्रमुख खानले जानकारी दिए ।   

भारतीय खेलाडी अकिंत दवासमाथि नियम विपरित बलिङगरेको भन्दै उनलाई खेलमा बलिङ गर्न प्रतिवन्ध लगाएको थियो । सुरुवाती खेलमा राम्रो बलिङ गरेको र पछिल्ला केही खेलमा नियम भन्दा विपरित बलिङ गरेकाले अंकितलाई बलिङमा प्रतिबन्ध लगाएका डिपिएल टेक्निकल प्रमुख बुद्धी प्रधानले जानकी दिए । 

‘उनले खेलेका पछिल्ला दुई खेलमा हरेक डेलिभरीमा नियम विपरित पाइयो । जस कारण लिगको अन्तीम खेल पछि हामीले रिपोर्ट पठाएका थियौ ।’ टेक्निकल प्रमुख प्रभानले भने, ‘तर, टोलीले खेलाडीलाई जानकारी नदिएको र पहिलो क्वालिफायर खेलमा झनै नियम विपरित बलिङ डेलिभरी गरेकाले अबका अन्य खेलमा बलिङ गर्न प्रतिबन्ध गरेका हौ ।’ 

उनले थपे, ‘खेल सञ्चानल हुनु पूर्व नै हामीले कुनै पनि खेलाडीमाथि डबल रिपोर्ट परेमा उसलाई प्रतिबन्ध लाउने बताएका थियौ ।’ तर, यता काठमाडौंका मालिका मालिक रमेश शिलवालले आफुलाई कुनै जानकारी नआएको बताएका छन् । दवासलाई खेलमा प्रतिबन्ध लगाउनु म्याच फिक्सिङ भएको शिलवालले आरोप लगाएका छन् । 

काठमाडौंका टिम व्यवस्थापक संजय श्रेष्ठले एक पटक जानकारी आएको तर, उसको भोली पल्टनै कार्वाही गरेको बताए । काठमाडौंबाट खेलि रहेका दवासले जारी डिपिएलका ५ खेलमा १ सय ५३ रन बनाएका छन् । उनले ५ खेलमा ६ विकेट समेत लिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।