बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • फेरि ठप्प पारे चिकित्सकले अस्पताल, सामूहिक राजीनामाको तयारी

फेरि ठप्प पारे चिकित्सकले अस्पताल, सामूहिक राजीनामाको तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- समायोजन प्रक्रियामा असहमति जनाउँदै सरकारी चिकित्सकहरूले देशभरका अस्पताल ठप्प पारेका छन् । सरकारले अपमानित गरिकाले समायोजन गर्न खोजेको भन्दै उनीहरुले शुक्रबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका हुन् । 

सरकारी चिकित्सक संघ नेपाल गोदानले विज्ञप्तिमार्फत सरकारले आफ्नो कदम नसच्याएसम्म आफुहरुको आन्दोलन नरोकिने जनाएको छ ।

समायोजनका विषयमा आफूहरूको असन्तुष्टि सम्बोधनका लागि पटकपटक सरकारसँग छलफल गरे पनि माग सम्बोधन नभएपछि शुक्रबार आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलनमा उत्रिन लागेको सरकारी चिकित्सक संघ गोदानका महासचिव डा. रविन खड्काले जानकारी दिए।  

गोदानको आह्वानमा काठमाडौं उपत्यकाका चिकित्सकहरुले शुक्रबार बिहान १० बजे वीर अस्पतालबाट र्‍याली निकालेर माइतीघर मण्डलामा कोडसभा गर्ने तयारी गरेका छन् । चिकित्सकहरुको आन्दोलनका कारण विरामीको भने विचल्ली भएको छ । बिहानै ओपीडीको टिकट लिन आएका विरामी र उनीहरुका आफन्त निराश भएका छन् । 

यसैबिच, सरकारी चिकित्सकहरुले समाजोजनका विषयमा सरकारले गरेको निर्णय नसच्याए सामुहिक राजीनामा दिने तयारी गरेका छन् । त्यसका लागि उनीहरुले हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।