शनिबार, वैशाख ८, २०८१

एकता प्रकृया एक हप्तामै टुंगिन्छ: नेकपा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- नेकपाका शिर्ष नेताहरुले तल्लो तहसम्म पार्टीको एकता एक हप्ता भित्रै टुङगिने जनाएका छन्। बुधबार धनगढीमा आयोजित प्रदेश स्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेताहरुले एकता प्रकृयामा केही विलम्ब भएको स्वीकार्दै एक साताभित्र सबै तहमा एकता प्रकृया टुंगिने आश्वासन दिएका हुन्।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहको एकता प्रकृया चाँडै टुंगिने बताउँदै यसमा अविश्वास नगर्न नेता कार्यकर्तालाई आग्रह गरे।  ‘नेकपा  पार्टी फुटने भन्ने हल्ला प्रतिक्रियावादीले फैलाएको हो ओलीले भने कम्यूनिस्ट आन्दोलन कसैले भनेर फुट्‍दैन ढुक्क हुनुहोस्। अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि पार्टी एकताको प्रक्रिया छिट्टै टुंगिने बताए। 

पार्टी यो एकताको अवस्थासम्म आउन धेरै उतारचढाव र संघर्ष पार गरेको स्मरण गर्दै उनले पूर्ण एकता प्रकृया पुरा हुने केही ढिलाई भएको छ तर अब केही दिन भित्रै प्रकृया टुंगिने उल्लेख गरे। प्रचण्डले भने,‘एकथरी शक्ति कम्यूनिस्टको एकता देखेर झस्किएका छन र भाँडन खोजिरहेका छन तर त्यो पुरा हुदैन।’

‘सरकारको काम प्रभावकारी देखिएन भन्दै धेरैले चिन्ता व्यक्त गरिरहेका छन’ प्रचण्डले भने, ‘अबका दिनमा सरकार प्रभावकारी ढंगले अघि बढनु पर्दछ।’  यस्तै नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले एकता प्रकृयालाई लामो समय अल्झाउनु त्रुटी भएको बताउँदै अब निश्चित मापदण्ड बनाएर एकता प्रकृया तत्काल टुंग्याउनु पर्ने बताए। उनले भने,‘एकताका लागि एकता नभई भावनात्मक एकता आवश्यक छ, त्यसमा अघि बढनु पर्छ।’ 

घुमाउरो पारामा सरकार संचालन प्रतिअसन्तुष्टि पोखेका नेता नेपालले भने,‘कम्युनिस्‍ट पार्टीले न्यायपूर्ण सरकार संचालन गर्दछ भन्ने देखाउनु पर्छ।’ कंचनपुरकी बालिका निर्मला पन्तको हत्या घटनाले विश्वको ध्यान केन्द्रित भएको उल्लेख गर्दै नेता नेपालले त्यस घटनाका दोषिको खोजीमा सरकार गम्भीर बन्नुपर्ने बताए।

नेकपाका महासचिव विष्णु पौडेलले नेकपाको तल्लो तहसम्म एकिकरण हुन ढिलो हुनुमा बलियो एकताका लागि गम्भिर छलफल भईरहेको बताए । उनले अब नेकपालाई कुनै पनि परिक्षामा असफल हुने छुट नभएको बताए।  

कार्यक्रममा नेकपाका प्रदेश ईन्चार्ज भिम रावलले बर्तमान सरकारले पनि यस प्रदेशलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि पोखे। उनले भने,‘पश्चिम सेतीका लागि बजेट छुट्याएका छौं भन्ने सुनेको थिँए तर हेर्दा त बजेट शून्य रहेछ।’ धेरै कुरामा अहिलेको सरकारले पनि सुदूरपश्चिमलाई उपेक्षा गरेको उनको गुनासो थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।