बुधबार, वैशाख १२, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज फागुन ७ गते प्रजातन्त्र दिवस, माघ शुक्ल पूर्णीमा, एक महिना लामो श्री स्वस्थानी व्रत कथाको विधिवत समापनको दिन। देशभर दिनभरी कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

एनसेल कर छली प्रकरण : कहिले उठ्ला ७५ अर्ब ?

एनसेल खरिदबिक्रीको लाभकर असुल्ने सम्बन्धमा सर्वोच्च अदालतले परमादेश जारी गरेको तीन साता हुन लाग्दा पनि त्यसको फैसला ठूला करदाता कार्यालयमा पुगेको छैन। उक्त फैसला कार्यालयमा नपुग्दा एनसेलबाट लाभकरबापतको रकम असुल्ने प्रक्रिया अवरुद्ध भएको छ। 

नेविसंघमा बबन्डर, समानान्तर कमिटी बनाउने तयारी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको नेतृत्व चयनको विवादले जटिल मोड लिएको छ। नैनसिंह महरा नेतृत्वको कमिटीले राजीनामा दिएपछि पार्टी नेतृत्वले विधानलाई उपेक्षा गर्दै तदर्थ समिति बनाउने तयारी गरेपछि विवाद झन् चर्किएको छ।

आलोचनासँग किन तर्सन्छन् ओली?

आफ्नो सरकार बनेको एक वर्ष पूरा भएको खुसियालीमा गत फागुन २ गते प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आफ्ना उपलब्धिहरूको फेहरिस्त प्रस्तुत गरे। गत वर्ष फागुन ३ मा उनले प्रधानमन्त्रीका रुपमा शपथ लिएका थिए। 

प्रधानमन्त्रीले गरे ०४४ सालमा शिलान्यास भएको सडक पुनः शिलान्यास

२०४४ सालमा शिलान्यास भएको डोटीको बोकटान सडक ३१ बर्ष पछि प्रधानमन्त्रीले पुनः शिलान्यास गरेका छन्। तत्कालीन जिल्ला विकास समितिका सभापति भरत बहादुर खड्काले शिलान्यास गरेको बोगटान सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पुनः शिलान्यास गरेका हुन्। 

स्कुलबाटै शिक्षिका सम्पर्क बिहिन

कैलालीको लम्की चुहा नगरपालिका-१ मा रहेको आदर्श नमुना माध्यमिक विद्यालयकी शिक्षिका प्रतिभा आर्चाय सम्पर्क बिहिन भएकी छन्। सोमबार दिउँसोदेखि शिक्षिका आचार्य सम्पर्कबिहिन भएको इलाका प्रहरी कार्यलय लम्कीले पुष्टि गरेको छ।

'एक वर्षमा जति गर्न पर्थ्यो, त्यो गर्न सकेनौं'

हामी समय र समाजको नितान्त नवीनतम् परिवेशमा प्रवेश गरिरहेका छौं। साथै वर्तमान सरकार यसअघिका सरकारजस्तै कसैको अल्पकालीन या काम चलाऊ प्रकृतिको होइन। यो सरकार बन्नुका पछाडि राजनीतिक सामाजिक समानताका लागि दशकौं देखि विभिन्न आन्दोलन सम्पन्न भएका छन्। 

प्रजातन्त्र दिवसमा राप्रपाको प्रदर्शन

प्रजातन्त्र दिवसको अवसरमा कलम थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ। ६९ औं प्रजातन्त्र दिवसको अवसरमा कलम थापाको नेतृत्वमा बानेश्‍वरदेखि माइती घर मण्डलासम्म प्रदर्शन गरेको हो।

न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा गरेका छन्। लामो समयदेखि पेशी नपाएपछि कामबिहिन भएका जोशीले मंगलबार बिहान राजीनामा दिएका हुन्।

अख्तियारले थाल्यो पाठकमाथि छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथि छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

कर्णालीका मन्‍त्रीलाई रोपाइँमा निम्तो!

कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रम। समीक्षा सकिएलगत्तै एक वर्ष पुगेको अवसरमा मन्त्रालयले 'हेलो किसान' कार्यक्रम सुरु गर्ने कार्यतालिका थियो।

उपमहानगरलाई जनकपुरबासीको प्रश्‍न- घरबाट निस्केको फोहोर कहाँ फाल्ने ?

अस्थायी राजधानी घोषणा भएलगत्तै प्रदेशको ‘सिंहदरबार’ अर्थात प्रमुख प्रशासनिक केन्द्र जनकपुरमै भएपछि विशिष्ठ व्यक्तिका साथै अन्य काम लिएर आउनेहरुको संख्या वृद्धि हुनु स्वभाविक पनि हो।

बलात्कारपछि बालिका जलाउने प्रहरी फन्दामा

बालिकालाई बलात्कारपछि हत्या गरी शव जलाएको आरोपमा प्रहरीले धनुषाबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा बटेश्वर–४ काकाको घरमा बस्दै आएका २२ वर्षीय निरज जर्घामगर रहेको प्रहरीले जनाएको छ।

एकाएक किन नेप्से परिसूचक २२.४४ अंकले बढ्यो ?

नेप्से परिसूचक २२.४४ अंलले बढेको छ। लगातार ओरालो लाग्दै आएको शेयर बजारमा मंगलबार एकाएक दोहोरो अङ्कले बढेको छ। पछिल्लो समय सरकारले पुँजी बजारप्रति देखाएको सकरात्मक चासोका कारण बजार बढ्न गएको नेप्से विश्लेषकहरु बताउछन्।

भारतीय गायक सोनु निगम नर्भिक अस्पताल भर्ना

भारतीय चर्चित गायक सोनु निगमको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएको छ। 

युद्धप्रसाद पुरस्कार शर्मालाई

युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले दाङका प्रगतिवादी कवि नारायण शर्मा अधिकारीलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार प्रदान गरेको छ। सोमबार राजधानीमा प्रतिष्ठानद्धारा आयोजित  कार्यक्रमा सो पुरस्कार प्रदान गरिएको हो। 

काठमाडौंमाथि अत्तरियाको ७ विकेटको सहज जित 

दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सिवाइसी अत्तरियाले ज्ञानेन्द्र मल्लको अपराजित काठमाडौं गोल्डेन्सलाई पराजित गरेको छ । मंगरबार भएको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को अन्तिम लिग खेलमा अत्तरियाले काठमाडौंलाई ७ विकेटले पराजित गरेको हो । 

आइपिएलको उद्घाटन खेलमा चेन्नाई र बेङ्गलोर भिड्ने (खेल तालिका)

१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को खेल तालिका सार्वजनकि भएको छ । भारतिय क्रिकेटको सर्वच्चो निकाय भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले मंगलबार १२ औं संस्करणको आइपिएलको खेल तालिका सार्वजनिक गरेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।