बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • पश्चिम सेती आफ्नै पालामा शुरु गर्ने प्रधानमन्त्री ओलीको घोषणा 

पश्चिम सेती आफ्नै पालामा शुरु गर्ने प्रधानमन्त्री ओलीको घोषणा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रधानमन्त्री केपी ओलीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको सबस्टेसनको उद्घाटन गरेका छन्। 

प्रधानमन्त्री ओलीले मंगलबार  अमरगढी नगरपालिका, दुधकाँडेमा स्वदेशी लगानीमा निर्माण भएको १३२/३३ केभी सवस्टेशनको उद्घाटन गर्ने क्रममा आफ्नो पहिलो कार्यकालमा सबस्टेसनको ठेक्का प्रक्रिया शुरु गरेको भन्दै ७५० मेगावाटको पश्चिम सेती आयोजना पनि आफ्नै कार्यकालमा निर्माण शुरु गर्ने घोषणा गरे।‘सुदूपश्चिमको आर्थिक विकाससँग जोडिएको पश्चिम सेती मेरै कार्यकालमानिर्माण शुरु हुन्छ’, उनले भने ‘विद्युत् नपुगेको क्षेत्रमा पनि व्यापक रुपमा विद्युतीकरण गर्नेछौं।’

उनले उक्त सबस्टेसन सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार तयार भएको बताए।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सबस्टेसनको निर्माणले सुदूरपश्चिमको ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण पूर्वाधार तयार भएको बताए। ‘यस क्षेत्रमा अध्ययन, निर्माणाधीन तथा निर्माणको चरणमा जान लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई वितरण गरी खपत गर्न नसकेकोलाई अन्य क्षेत्रमा लैजान सक्ने पूर्वाधार क्षमता तयार भएको छ’, उनले भने ‘पश्चिम सेतीलाई अगाडि बढाउन अहिले लगानी बोर्डमा छलफल भइरहेको छ, यस क्षेत्रका जनताको भावनालाई समेटेर पश्चिम सेती उपयुक्त लगानी मोडलमा तत्काल निर्माणमा लैजान ऊर्जा मन्त्रालय प्रतिबद्ध छ।’

दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउले सबस्टेशनबाटै डडेलधुरा, बझाङ, दार्जुला, डोटी, वैतडी र अछाममा बितरण भइरहेको छ। यसअघि नेपाल विद्युत प्राधिकरणले चमेलियाको विद्युत दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पुर्याई फेरि करिब एक सय किलोमिटर ३३ केभी फिडरमार्फत ती जिल्लामा आपूर्ति गर्दै आएको थियो। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्याउले सबस्टेसन संचालनमा आएपछि सुदुपश्चिमका पहाडी जिल्लाहरुमा विद्युतप्रवाहको गुणस्तरलाई पनि बढाएको बताए। ‘स्याउलेसवस्टेशन निर्माण हुनुभन्दा पहिला अत्तरिया सवस्टेशनबाट  पहाडी जिल्लाहरुमा एउटा ३३ के.भी. फिडरमार्फत विद्युतबितरण गरिन्थ्यो, जसले गर्दा कुनै एक ठाउँमा फल्ट भए पनि सबै जिल्लाहरु अन्धकारमा बस्नु पर्ने बाध्यता थियो,’ उनले भने ‘स्याउले सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि यस्तो अवस्था हटेको छ। त्यस क्षेत्रको विद्युतप्रवाहको गुणस्तर तथा विश्वसनियता पनि पहिलाभन्दा मजबुत भएको छ।’
 
३० मेगावाटको चमेलिया र नौगाड जलविद्युत केन्द्रबाट उत्पादनभएको करिब ३८ मेगावाट विद्युतमध्येबाट स्याउले सबस्टेसनमार्फत डडेलधुरा, बैतडी,बझाङ, अछाम, डोटी र बाजुराका करिब १२ लाख जनतालाई नियमित र भरपर्दो विद्युत् आपूर्ति गरी बाँकी राष्ट्रिय प्रवाह भइरहेको उनले जानकारी दिए। उनका अनुसार सबस्टेशन अहिले आफ्नो क्षमताको करिब ३० प्रतिशत मात्रै सञ्चालनमा आएको छ। यसले सुदूरपश्चिमप्रदेशका पहाडी जिल्लाहरुमा विकास तथा आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। 

सव स्टेसनको निर्माण आर्थिक वर्ष ०७२/७३ मा शुरु गरिएको थियो। प्रसारण लाइनको निर्माणका लागि ८ पुस २०७२ मा इष्ट इन्डिया उद्योग/वाइबा इन्फ्राटेक जेभीसँग ठेक्का सम्भौताभएको थियो। कम्पनीले ८ असार २०७५ मा निर्माण सकी सबस्टेसन सञ्चालनमा आएको हो। जग्गाको मुआब्जा, नेपाल सरकारको ऋणको ब्याज र आयोजनाको प्रशासिनक खर्च समेत गरी सबस्टेसन ४५ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्