शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उपमहानगरलाई जनकपुरबासीको प्रश्‍न- घरबाट निस्केको फोहोर कहाँ फाल्ने ?

उपमहानगरलाई जनकपुरबासीको प्रश्‍न- घरबाट निस्केको फोहोर कहाँ फाल्ने ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रदेश २ को राजधानी जनकपुरधाममा पछिल्ला वर्षहरुको तुलनामा विशिष्ठ व्यक्ति, पर्यटक र सर्वसाधारणहरुको घुइँचो बढेको छ। अस्थायी राजधानी घोषणा भएलगत्तै प्रदेशको ‘सिंहदरबार’ अर्थात प्रमुख प्रशासनिक केन्द्र जनकपुरमै भएपछि विशिष्ठ व्यक्तिका साथै अन्य काम लिएर आउनेहरुको संख्या वृद्धि हुनु स्वभाविक पनि हो।

यता हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको जानकी मन्दिरमा पूजाअर्चना गर्नेहरुको घुइँचो पनि कम हुँदैन, जनकपुरमा। दैनिक सयकडौं दर्शनार्थी पूजाआजा गर्न जानकी मन्दिरमा पुग्ने गरेका छन्।

हालसम्म प्रदेशको अस्थायी तोकिएको जनकपुर स्थायी राजधानी हुनेमा यहाँका स्थानीय करिब करिब ढुक्क देखिएका छन्। प्रदेश २ को आठ जिल्लाको केन्द्रमा रहेको र पूर्वाधारको दृष्टिकोणले पनि जनकपुर नै स्थायी राजधानी तोकिने यहाँका सर्वसाधारण देखि राजनीतिक दलहरु पनि पक्का देखिन्छन्।

जनकपुर प्रदेशको राजधानीको रुपमा विस्तार भइरहेपनि यहाँ पुग्ने पाहुनाका साथै स्थानीयवासीलाई जताततै थुपारिएका फोहोरको डंगुरले नाक खुम्चायाउन बाध्य तुल्याउने गरेको छ। यसअघि जीर्ण अवस्थामा रहेका सडकहरु विस्तार एवं मर्मत भएपनि फोहोर व्यवस्थापनका लागि ठोस र दीर्घकालीन उपाय हुन नसक्दा जनकपुर सफा हुन सकेको छैन्।

उसो त प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि प्रदेशका विभित्र मन्त्रीदेखि उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलगायतका विशिष्ठ व्यक्तिहरुले जनकपुरलाई सफा बनाउन हातमा झाडु नबोकेका पनि होइनन्। विभित्र अवसर र मौकाहरुमा सडक बढार्न झाडु बोकेका मुख्यमन्त्री, नगरप्रमुख, सीडीओ, एसपीलगायतका विशिष्ठ व्यक्तिहरुको फोटाहरु सामाजिक सञ्जालमा छ्यायछापी नदेखिएका पनि होइनन्। तर जनकपुर भने अझै सफा हुन सकेको छैन्।

प्रदेश २ सरकारले त झन स्वच्छता अभियान नै सञ्चालनमा ल्याएको छ। तर मुख्यमन्त्री राउत आफै बस्ने ठाउँपनि फोहोर छ। फोहोर व्यवस्थापन चुनौती बनेको छ, जनकपुरमा सबै सरोकारबलाका लागि।

महिना दुई महिनामा भाडु बोकेर जनकपुर कुनै हालतमा सफा हुन नसक्ने बताउँछन् निरन्तर सरसफाइ अभियानमा जुटेका जनकपुरधाम–८ का दीपक ठाकुर। आफ्नो टोल दशरथनगरसहित जनकपुरको विभित्र स्थानमा सरसफाइ अभियानमा सक्रिय दीपकले उपमहानगरले फोहोर व्यवस्थापनको दीर्घकालीन विकल्प नखोजेसम्म कुनै हालतमा सकारात्मक परिणाम आउन नसक्ने बताए।

‘हामी एक वर्षसम्म आफ्नै प्रयासमा फोहोर उठाउँदै आएका छौं,’ दीपकले भने,‘टोलका घरहरुबाट निस्केको फोहोर व्यवस्थापन गर्ने निश्चित स्थान छैन्। घरबाट निस्किने फोहोर यहाँका स्थानीयले कहाँ फाल्ने ? उपमहानगरपालिका कार्यालयले बताइदिनु पर्‍यो।’

उपमहानगरपालिकाको गाडीसमेत फोहोर संकलन गर्न नआउँदा समस्या बल्झिएको उनको भनाइ छ। एक वर्षसम्म आफ्नो टोलमा सरसफाइ गरी जेनतेन फाहोर व्यवस्थापन गर्दै आइरहेपनि उपमहानगरपालिकाले व्यवस्थापनतर्फ चासो नदिँदा अब समस्या उत्पत्र भएको दीपक बताउँछन्। फोहोर व्यवस्थापनको व्यवस्था मिलाउन वडा कार्यालयलाई २४ घण्टाको अल्टिमेटम दिँदासमेत कुनै कार्यवाही अगाडी नबढाइएको उनको गुनासो छ। बजार क्षेत्रमा फोहोर संकलन गर्न उपमहानगरपालिकाको ट्रयाक्टर दौडिएपनि भित्री टोलहरुमा व्यवस्था हुन नसकेको दीपकले बताए।

फोहोर व्यवस्थापनका लागि एशियाली विकास बैंकले ‘ल्यान्डफिल साइट’ निर्माण गर्न ४८ करोड रुपैयाँ ऋण अनुदान दिएको थियो। तर ६ वर्षको अवधिमापनि उपमहानगरपालिकाले ‘ल्यान्डफिल साइट’ निर्माण गर्न सक्दा रकम फिर्ता गएको छ।

जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रीता झाले पनि फोहोर व्यवस्थापन चुनौती बनेको स्वीकार गर्छिन्। ‘जनकपुरमा फोहोर व्यवस्थापन ठुलो चुनौती बनेको हामीले पनि महसुस गरेका छौं,’ नेपाल समयसँग कुराकानी गर्दै झाले भनिन् ‘डम्पिङ साइटको अभावमा जनकपुर सफा हुन सकेको छैन्।’ विभित्र अवसरहरुमा सडकहरुमा झाडु लगाउने कार्यले जनकपुर सफा हुन नसकेको उनले बताइन्।

जनकपुरको सरसफाइका लागि विभित्र दातृ संस्थाहरु काम गर्न इच्छुक देखिएपनि डम्पिङ साइट उनीहरुको पहिलो प्राथमिकता रहेको भन्दै उपप्रमुख झाले उपमहानगरपालिका जग्गाको खोजीमा रहेको जानकारी दिएकी छिन्। डम्पिङ साइटका लागि जग्गा उपलब्ध नभएसम्म झाडुमात्रै लगाएर केहि नहुने उनको भनाइ छ।

वडाध्यक्षहरुले पाएको बजेटबाट आ–आफ्ना वडाहरुमा फोहोर फ्याल्न कन्टेनरको व्यवस्था गर्न सकेपनि चासो नदेखाइएको उपमहानगरपालिकाका एक सचिवले बताए। केहि वडाहरुले यस्तो व्यवस्था गरेपनि सबै ठाउँमा हुन नसक्दा फाहोर व्यवस्थापन चुनौती बन्दै गएको उनको भनाइ थियो।

आफ्नै ‘ल्यान्डफिल साइट’ व्यवस्था गर्न नसक्दा फाहोर मिल्काउने समस्या बल्झिदै गएको उपमहानगरपालिकाका सफाइ शाखाका नासु उपेन्द्र साह बताउँछन्। फोहोर मिल्काउन आफ्नै जग्गा भइदिए व्यवस्थापनमा समस्या नआउने उनको भनाइ छ।

आफ्नै ‘ल्यान्डफिल साइट’ नहुँदा उपमहानगरपालकाले निजी व्यक्तिको जग्गामा फोहोर मिल्काउने कार्य गर्दै आइरहेको छ। यसअघि जनकपुरको कनकपट्टीमा निजी व्यक्तिको जग्गामा फोहोर फ्याल्दै आइरहेको उपमहानगरपालिका अहिले वडा नम्बर २० स्थित देवपुरा रुपैठालाई गन्तव्य बनाएको छ। 

उपमहानगरपालिकाले अहिले वडा नम्बर २० स्थित विल्टु साह र उर्मिला साहको जग्गामा फोहोर मिल्काउँदै आएको नासु साहले बताए। कनकपट्टीमा फोहोर फ्यालेर निजी पोखरि भरिसकेपछि अहिले अन्य स्थानमा सारिएको उनको भनाइ छ।

उपमहानगरपालिका कार्यालयले सरसफाइमा प्रयोग भइरहेको सवारी साधनको भाडामा दैनिक आठ हजार खर्चिंदै आइरहेको छ। उपमहानगरपालिकाले सरसफाइका लागि दैनिक ८ वटा ट्रयाक्टर र एक ट्रिपर प्रयोग गर्दै आएको छ। जसमध्ये दुई ट्रयाक्टर र ट्रिपर उपमहानगरपालिकाले भाडामा लिएको छ। एक अनुमानका अनुसार उपमहानगरपालिकाको शहरी क्षेत्रमा मात्रै दैनिक ३ देखि ४ टनसम्म फोहोर उत्पादन भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।