शनिबार, वैशाख ८, २०८१

कर्णालीका मन्‍त्रीलाई रोपाइँमा निम्तो !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत- कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रम । समीक्षा सकिएलगत्तै एक वर्ष पुगेको अवसरमा मन्त्रालयले 'हेलो किसान' कार्यक्रम सुरु गर्ने कार्यतालिका थियो । समीक्षा सकिएलगत्तै मन्त्री विमला केसी 'किसान हेल्प डेस्क' र 'हेलो किसान' रहेको कार्यकक्षमा प्रवेश गरिन् । मन्त्री कुर्सीमा बस्न नपाउँदै उताबाट टिनीनीनी.... टेलिफोनको घन्टी बज्यो । दुई घन्टीपछि मन्त्रीले उठाइन् ।

मन्त्रीज्यू नमस्कार, म पूर्णबहादुर थापा उत्ताबाट आवाज आयो । डुङ्गेश्वर गाउँपालिका २ हुमबाट बोल्दैछु । यति भनेसकेपछि मन्त्री केसी र थापाबीच वार्ता सुरु भयो । कुराकानीमा थापाले मौरी पालक किसानलाई सरकारले अनुदान दिने सुनेको भन्दै त्यसको अनुदान लिन के-के प्रक्रिया अपनाउनुपर्छ भनी सोधे । आफ्नो गाउँमा प्रशस्त मौरीपालक कृषकहरु रहेको जानकारी दिँदै गाउँलाई नै मौरीको पकेट क्षेत्र बनाउन सरकारले किसानलाई अनुदान दिनुपर्ने सुझाव दिए ।

उनका कुरा सुनेपछि मन्त्री केसीले पकेट क्षेत्र निर्धारणका लागि कर्मचारी गाउँमै आएर अध्ययन गर्ने सकिने आश्वासन दिइन् र थापाले फोन राखे । करिब पाँच मिनेट जति गरिएको यो संवाद सकिन नपाउँदै फेरि उसैगरी टिनीनीनी...... टेलिफोनको घन्टी बज्यो ।

मन्त्रीज्यू नमस्कार, म मुरारीजंग शाही बोल्दैछु । वीरेन्द्रनगर-१० सानो सुर्खेतबाट हो ।

हजुर भन्नोस् मन्त्रीले कुराकानी सुरु गरिन् ।

'तपाईंलाई रोपाइँमा निम्तो छ, हामी फागुन २० गतेबाट रोपाइँ सुरु गर्दैछौँ ।' मन्त्री एकछिन रोकिन पुगिन् । आजभोलि नै रोपाइँ हुन्छ ? मन्त्रीले प्रतिप्रश्न गरिन् । पानी परिसकेको जानकारी दिँदै उताबाट जबाफ आउँछ 'कालो धान र कालो मकै रोप्ने समय भइसक्यो ।' यति सुन्दा पनि मन्त्री अझै अलमलमा परिन् ।

सँगै रहेका मन्त्रालयका सचिव शिवनारायण चौधरीसँग कालो मकै पनि हुन्छ भन्ने संकेत गरेपछि मन्त्रीले कुराकानीलाई निरन्तरता दिइन् । 'कालो धान त सुनेकी थिएँ, कालो मकै त नयाँ कुरा भयो ।' उताबाट सबै मन्त्रीहरुलाई रोपाइँमा निम्ता छ भन्दै संवाद टुंगियो । मन्त्री केसी अलमलमा पर्नुको कारण कालो मकैको जाति हुन्छ भन्ने आजसम्म पनि थाहा रहेनछ ।

मन्त्रालयले एक वर्ष पुगेको अवसरमा सुरु गरेको 'हेलो किसान' कार्यक्रमको दृश्य हो यो । सम्भवतः उताबाट टेलिफोन गर्न मान्छे पूर्व निर्धारित नै थियो तर मन्त्रीसँग भने पहिलो पटक कुराकानी भएको बुझियो ।

मन्त्रालयले किसानका समस्या र गुनासा सुन्न निःशुल्क रुपमा मन्त्री, सचिव र विषय विशेषज्ञसँग कुराकानी गर्ने गरी टोलफ्री नम्बर १६६००८३५२०१२ सहित 'हेलो किसान कार्यक्रम' सुरु गरेको छ । सोही अवसरमा मन्त्रालयले डिजिटल सूचना बोर्डसमेत उद्घाटन गरेको छ । मन्त्रालयमा आउने किसानहरुलाई कृषिसम्बन्धी आवश्यक ज्ञान मूलक सूचनाहरु राखिने मन्त्री विमला केसीले जानकारी दिइन् । सूचना बोर्डको औपचारिक उद्घाटन गर्दै मन्त्री केसीले सूचनापाटीमा विशेष गरी अर्गानिक कृषिसम्बन्धी सूचना दिने बताइन् ।

बितेका एक वर्षमा मन्त्रालयले किसानको जीवनस्तर परिवर्तनका लागि सबै जिल्लामा अर्गानिक नमूना कार्यक्रम, कृषि पेन्सन कार्यक्रम, विभिन्न कृषि पुरुस्कारदेखि प्रदेश स्तरिय कृषि नायक/नायिक कार्यक्रमसम्म लागु गरेको बताएको छ ।

वार्षिक समिक्षा कार्यक्रममा बोल्दै मन्त्री विमला केसीले व्यवसायिक कृषि विना कर्णालीको समृद्धि र परिवर्तन सम्भवन नरहेको बताईन । उनले कानुन र कर्मचारी अभावका बीचबाट पनि मन्त्रालयले केही सन्तोषजनक उपलब्धि हासल गरेको जानकारी दिइन् । किसानलाई व्यवसायमा प्रात्साहन हुने गरी आधारित अनुदान कार्यक्रमअन्तर्गत, कृषि संस्था, सहकारी र किसानलाई विभिन्न पुरस्कारबाट सम्मानित गर्ने आयोजना अगाडि सारेको बताइन् ।

कार्यक्रमअनुसार प्रदेशका ७९ स्थानीय तहमा एक/एक जना महिला र पुरुष किसान गरी १ सय ५८ जना किसान पुरस्कृत हुने छन् । त्यस्तै जिल्लाका स्थानीय तहबाट उत्कृष्ट छनोट भएका दस जिल्लाका २० किसानसमेत पुरुस्कृत हुनेछन् । अन्तिममा दस जिल्लाबाट छनोट भएका एकएक महिला तथा पुरुषलाई प्रदेशस्तरीय नायक/नायिकाका रुपमा पुरस्कृत गर्ने मन्त्रालयको योजना छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।