अपरान्ह चार बजेको थियो। शैक्षिक भ्रमण सकेर फर्किएको बस भक्तपुरको दूधपाटीमा रोकियो । सुनमाया चाउचाउ किन्न भन्दै बसबाट उत्रिन् । तर उनी फर्किनन् , सुनमाया हराएको ठिक ३० दिनपछि शव भक्तपुरको राधेराधे मन्दिरनजिकै हनुमन्ते खोलामा निकै दर्दनाक अवस्थामा फेला परेको थियो ।
भारतीय कवि गोरख पाण्डेको एउटा कविताले भन्छ, ‘राजा बोला रात है। रानी बोली रात है। मन्त्री बोला रात है। सन्तरी बोला रात है। ये सुबह सुबहकी बात है।’ बेजोड कविता। शासकहरूका लागि गहिरो व्यंग्य। सत्ताले सिर्जना गर्ने भ्रममाथि शक्तिशाली प्रहार।
नेपाली कामदारलाई जापान लैजाने भनिए तापनि कहिले, कति, कसरी, कस्ता कामदार लैजाने भन्ने ढाँचा तयार नहुँदा अन्योल उत्पन्न भएको छ। खाका टुंगो नलागेसम्म नेपाली कामदारको जापानको गन्तव्य अनिश्चित देखिएको हो।
भारतले सीमा क्षेत्रमा एकलौटी रुपमा नाली खन्ने काम तीव्र पारेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजार क्षेत्रमा एकलौटी नाली खनिरहेको भारतले कैलालीको कैलारी गाउँपालिका–३ शिवरत्नपुर क्षेत्रमा पनि नाली निर्माण गर्न थालेको छ।
पुस १३ गतेको स्थायी समितिको बैठकले गठन गरेको कार्यदल प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डका लागि निल्नु न ओकल्नु भएको छ। कार्यदलका विषयमा विवाद भएपछि सोमबार बसेको सचिवालय बैठक कुनै निर्णयमा पुग्न सकेन।
भ्रष्टाचारको विरोधमा विवेकशील साझा पार्टी माइती घरमा प्रदर्शन गरेको छ। विवेकशील साझा पार्टीले भरतपुरको चौबिसकोठी र काठमाडौंको माइतीघर मण्डलामा सोमबार बेलुका प्रदर्शन गरेको हो। विवेकशील साझा पार्टी आगामी दिनमा क्रमश भ्रष्टाचारको विरोधमा खरो उत्रने जनाइएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले ३ वटा ‘का’ लाई आफ्नो एक वर्ष अवधिको मुख्य उपलब्धि ठानेको छ। सरकार गठन भएको एक वर्षको प्रगति विवरण आइतबार सार्वजनिक गर्दै प्रदेश सरकारले कार्यालय व्यवस्थापन, कानुन निर्माण र तिनको कार्यान्वयन गरी मुख्य तीन वटा कामलाई मुख्य उपलब्धि रहेको जनाएको छ।
आफूहरू आन्तरिक विवादमै रुमल्लिएका विभिन्न विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न दबाब दिएका छन्।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुई तिहाइको दम्भमा रहेको केपी ओली नेतृत्वको सरकारले कर्मचारीहरुलाई त्रास देखाउने काम गरेको आरोप लगाएका छन्। निधिले राजनीतिक आस्थाको आधारमा सरकार कर्मचारीहरुलाई आतंकित पार्ने काम गरिरहेको बताएका छन्।
बैंकहरुले आफूखुसी ब्याजदर बढाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका उद्यमी व्यवसायीले बैंक तथा वित्तीय संस्थाको नियमनकारी संस्था नेपाल राष्ट्रबैंकका डिपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई भैरहवामा ४ घन्टासम्म र्याखर्याख्ती पारेका छन्।
पर्सा जिल्लाको स्थानीय तहमा पुँजीगत खर्चको अवस्था निराशाजनक रहेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिना बितिसक्दासमेत पुँजीगत खर्चको प्रगति २५ प्रतिशतमै सीमित रहेकोले लामो समयदेखि निर्वाचित जनप्रतिनिधिको पर्खाइमा रहेका स्थानीय बासिन्दामा निराशा छाएको हो।
बझाङको काप्रिकोटमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। आइतबार बेलुका जयपृथ्वी नगरपालिका ११ को चैनपुरबाट धामीलेक जाँदै गरेको से १ ज ८९० नम्बरको जीप दुर्घटना काप्रिकोटमा दुर्घटना भएको हो।
प्रदेश १ सरकारले प्रदेश १ का १४ जिल्लाका १४ सामुदायिक विद्यालयहरुमा नर्स नियुक्ति गर्ने भएको छ। विद्यालयमा शिक्षासँगै प्राथामिक उपचारमा सहयोग गर्न यस्तो गर्न लागिएको प्रदेश १ को सामाजिक मन्त्रालयले बताएको छ।
बारामा जीप दुर्घटनामा परेर गम्भीर घाइते प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत-३ घर भइ हाल जनकपुरधाम-४ बस्ने ५० वर्षीय संजय ठाकुर रहेको प्रहरीले जनाएको छ।
गायक पशुपति शर्माको ‘लट्न सके लुट् कान्छा’ बोलको गीतबारे सोमबार संसद् बैठकमा सत्ता पक्ष र प्रतिपक्षबीच दोहोरी चलेको छ। प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पशुपति शर्मालाई जनगायकको संज्ञा दिए।
चर्चित गायक पशुपति शर्माको 'लुट्न सके लुट, नेपालमै हो छुट' बोलको गीतमा अघोषित रुपमा सरकारले प्रतिबन्ध लगाएपछि अहिले गीतको पक्ष र विपक्षमा बहस भइरहेको छ।
गायक पशुपति शर्माको ‘लुट्न सके लुट्’ गीतका विषयमा संसद्मा नेताहरुबीच दोहोरी चलेपछि गायक प्रमोद खरेलले आपत्ति जनाएका छन्। प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पशुपति शर्मालाई जनगायकको संज्ञा दिँदै २५ हजार दिने घोषणा गरेका थिए।
तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)मा लिग चरणको आफनो अन्तीम खेलमा सिवाइसी अत्तरियासँग १० रनले पराजित हुँदै विराटनगर किङ्स प्रतियोगिताबाट बाहिरिएको छ। विराटनगर बाहिरिदा महेन्द्रनगर युनाइटेडलाई फाइदा पुगेको छ।
घटना सन् २०१८ को डिसेम्बर २ मा भएको थियो। १८ वर्षीया इबोनी स्टिभसनलाई एक्कासी टाउको दुख्यो र उनी कोठामै सुतिन्। बेलायत ग्रेट म्यान्चेस्टरको ओल्डह्याममा बस्दै आएकी इबोनीलाई आमा सेरीले तत्कालै अस्पताल लगिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...