शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • एउटै महिलाका दुईटा पाठेघर : कोमाबाट होशमा आउँदा काँखमा छोरी

एउटै महिलाका दुईटा पाठेघर : कोमाबाट होशमा आउँदा काँखमा छोरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- घटना सन् २०१८ को डिसेम्बर २ मा भएको थियो। १८ वर्षीया इबोनी स्टिभसनलाई एक्कासी टाउको दुख्यो र उनी कोठामै सुतिन्।  बेलायत ग्रेट म्यान्चेस्टरको ओल्डह्याममा बस्दै  आएकी इबोनीलाई आमा सेरीले तत्कालै अस्पताल लगिन्।

उनले इबोनीलाई ‘सिजर’ अर्थात ‘मस्तिष्क सम्बन्धी समस्या’ भएको डाक्टरहरूले बताए। हस्पिटल लाने समयमा इबोनीलाई  पाँच पटक ‘सिजर एट्याक’ भयो जसको कारण उनी कोमामा पुगिन्।

अचम्मको विषय यो रह्यो जब इबोनीकी आमा सेरीलाई छोरी गर्भवती थिइन् कि भन्ने प्रश्न र्तेसियो। न त इबोनीको महिनावारी रोकिएको थियो न त उनको पेट नै बढेको थियो। वा भनौँ उनलाई पनि आफू गर्भवती भएको थाहा थिएन।

यस्तो थियो कारण?

इबोनीलाई प्रमुख दुई समस्या थियो: ‘युटेरस डाइडल्फिस’ र ‘प्रिक्याल्मसिया'। इबोनीको   दुईवटा पाठेघर रहेछ। एउटा पाठेघरमा मात्र उनको गर्भ रह्यो। जुन विषयको बारे इबोनी आफैलाई पत्तो थिएन्। 

उनको एउटा पाठेघरबाट महिनावारी चालु रहेको र अर्को पाठेघरमा भने बच्चा बसेको डाक्टरहरूको भनाईछ। यसका साथै, उनकी आमा ‘सेरी’का अनुसार, जब उनलाई ‘सिजर’ भएको कोमामा राखिइन्, तब उनको नदेखिएको पेट एक्कासी देखियो। कुनै जादु जस्तै भएको उनले बताइन्।  

इबोनीलाई ‘सिजर एट्याकको’ कारण भने, प्रिक्याल्मसिया। प्रिम्याल्मसिया अर्थात  गर्भवती महिलालाई हुने एक प्रकारको रोग। यसले गर्भवती महिलाको ब्लड प्रेसर वा शरीरका अन्य अंग कलेजो, मिर्गाैला, दिमागलाई असर गर्न सक्छ। 

कोमामा रहेको अवस्थामा, बच्चाको स्थितिको नाजुक हुने कारण देखाउँदै, अपरेसन गर्नेु पर्ने अवस्था रहेको बेलायती अनलाइन ‘डेल्ली मेल’ मा उल्लेख गरिएको हो। सफल भएको अप्रेसन पछि, ४ दिन पछि, उनको होस् खुलेको थियो। 

डिसेम्बर २ मा, कोमामा रहेकी उनी, चार दिन पछि डिसेम्बर ६ मा, होस् आएको थियो। होस् आउँदा आफ्नो काँखमा छोरी देख्दा उनी आफै पनि अचम्मित भएकी थिइन्। 
  
स्र्पोटस फिजियोथोरापीको अध्ययन गर्दे गरेकी इबोनी पुन: कक्षा लिन थालेकी छन्। उनीकी आमाले नातिनीलाई रेखदेख गर्दै आएकी छन्।  अहिलेसम्म, उनको प्रेमीको बारेमा भने केही उल्लेख भएको छैन। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।