बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • इजरायल लैजाने नाममा ठगी, तालिम नै नदिई एक लाखमा प्रमाणपत्र बिक्री!

इजरायल लैजाने नाममा ठगी, तालिम नै नदिई एक लाखमा प्रमाणपत्र बिक्री!

कुनै अवरोध नआए अबको डेढ महिनापछि नेपाली कामदार रोजगारीका लागि इजरायल पुग्नेछन्। त्यसका लागि ९ हजार ६९९ नेपालीले आवेदन दिएका छन्।
 |  बुधबार, भदौ २, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बुधबार, भदौ २, २०७८

काठमाडौं- कुनै अवरोध नआए अबको डेढ महिनापछि नेपाली कामदार रोजगारीका लागि इजरायल पुग्नेछन्। त्यसका लागि ९ हजार ६९९ नेपालीले आवेदन दिएका छन्।

triton college

वैदेशिक रोजगार विभागले २०७८ साउन १२ गते सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि आवेदन खोलेको थियो। सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौताअनुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्रमिक मागेको छ। इजरायल जान आवेदन माग गरेको अन्तिम दिन साउन ३२ सम्म नौ हजार छ सय ९९ नेपालीले आवेदन दिएका छन्।

वैदेशिक रोजगार विभागका इजरायल शाखाका प्रमुख डम्बरबहादुर सुनुवारका अनुसार आवेदन दिनेमा ५ हजार ४९९ पुरुष छन् भने चार हजार दुई सय महिला छन्। आवेदकमध्येबाट योग्यता पुगेका युवा विभागले छनोट गर्नेछ। विभागले अनलाइनमार्फत आवेदन संकलन गरेको हो। एक हजार कामदारमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष इजरायल जान पाउनेछन्। इजरायलले महिला श्रमिकहरुलाई प्राथमिकतामा राखेको भए पनि आवेदन दिनेमा पुरुषहरुकै संख्या बढी छ। 

आवेदन दिएकालाई सक्कल कागजातसहित विभागले डाक्नेछ।। विभागले १ हजार ४ सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ।

आवेदकमध्येबाट योग्यता पुगेका युवा विभागले छनोट गर्नेछ। विभागले अनलाइनमार्फत आवेदन संकलन गरेको हो। एक हजार कामदारमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष इजरायल जान पाउनेछन्।

इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नबेहोरेमा कामदार स्वयंले बेहोर्नुपर्नेछ। भिसा प्रक्रिया र हवाई भाडाका लागि एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ।

corrent noodles
Metro Mart

तालिमको प्रमाणमा १८ कम्पनीको मनोमानी 

कामदारका रुपमा इजरायल जान इच्छुक नेपालीले आफ्नो व्यक्तिगत विवरणसहितको प्रमाणपत्रसँगै तालिमको प्रमाण पनि पेस गर्नुपर्नेछ। कोरोना महामारीका कारण अधिकांश तालिम सेन्टर बन्द छन्। तर विभागबाट २०७२ सालमै अनुमति पाएका १८ तालिम सेन्टरले भने धमाधम प्रमाणपत्र बिक्री गरिरहेको पाइएको छ। 

धादिङका एक युवकले एक इन्टिच्युटबाट ५० हजारमा कियर गिभर तालिम लिएको प्रमाणपत्र किनेको बताए। उनले भने, ‘कोरोनाले गर्दा तालिम चलेको छैन। तर, तालिम नभए पनि पैसा दिएपछि प्रमाणपत्र पाइने रहेछ। मैले त्यसै गरी प्रमाणपत्र लिएर पेस गरेको हुँ।’ उनले आफूले जस्तै धेरै साथीहरुले तालिमको प्रमाणपत्र किनेको बताए। 

यसरी तालिमको प्रमाणपत्र बेच्नेमा वैदेशिक रोजगार विभागले नै सर्टिफिकेट दिएका १८ वटा तालिम सेन्टर छन्। विभागले तीन महिनाको कियर गिभर तालिम दिन २०७२ सालमा यी १८ सेन्टर छनोट गरेको थियो। तीबाहेक अन्य संस्थाबाट लिएको प्रमाणपत्र मान्य हुँदैन। त्यसैले पनि यी कम्पनीले ४० हजारदेखि १ लाखसम्म प्रमाणत्र बेचिरहेको इजरायल जाने तयारीमा रहेका युवा बताउँछन्। 

यी हुन् विभागले अनुमति दिएका १८ तालिम सेन्टर


वैदेशिक रोजगार विभाग भने तालिम सेन्टरले प्रमाणपत्र बेचेको स्वीकार गर्दैन। आफूहरुले अहिलेसम्म त्यस्तो नपाएको र कतैबाट उजुरी नपरेको  इजरायल शाखाका  प्रमुख सुनुवारले बताए। उनले भने, ‘यस विषयमा उजुरी परे हामी छानबिन गर्नेछौं। तर, उजुरी बिना कसरी छानबिन गर्नु?’ केयर गिभरको तालिममा १८ कम्पनीबाहेक अरूले दिएको मान्य नहुने उनी बताउँछन्। अन्य तालिम सेन्टरलाई पनि तालिमका लागि छनोन गर्न सीटीईभीटीलाई दिनुपर्ने उनको मत छ। 

पैसा असुलेका विषयमा छानबिन हुने

इजरायलमा केयर गिभर छनोट गरी पठाउन नेपाल सरकारसँग सम्झौता भएको भनी आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारी भ्रम फैलाई रकमसमेत उठाउने कार्य भइरहेको विषयप्रति विभागको ध्यानाकर्षण भएको सुनुवारले बताए। अहिलेसम्म कोही पनि आफू ठगीमा परेको भन्दै विभागमा गुनासो गर्न नआएको उनको भनाइ छ। 

सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार केयर गिभर सेन्टरमा पठाइने कामदार छनोटका लागि कुनै पनि व्यक्ति तथा निजी संस्थासँग सम्झौता नभएको तथा अनुमति प्रदान नगरिएको विभागका अधिकारी बताउँछन्। 

सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार केयर गिभर सेन्टरमा पठाइने कामदार छनोटका लागि कुनै पनि व्यक्ति तथा निजी संस्थासँग सम्झौता नभएको तथा अनुमति प्रदान नगरिएको विभागका अधिकारी बताउँछन्। विभागले कोही कसैले यस प्रकारको क्रियाकलाप गर्ने प्रयास गरेको पाइए सोको प्रमाणसहित वैदेशिक रोजगार विभाग वा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउनसमेत अनुरोध गरेको  छ। 

इजरायल जान सरकारले बनाएको मापदण्डअनुसार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल भएको हुनुपर्नेछ। त्यस्तै अंग्रेजी भाषाको ज्ञान, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी  सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तामिलप्राप्त गरेको व्यक्तिले आवेदन दिन पाउनेछ।

प्रकाशित: Aug 18, 2021| 07:44 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्