बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सरकारबारे कांग्रेसको समीक्षा : बयल गाडाबाट सगरमाथा चढ्ने प्रयास

सरकारबारे कांग्रेसको समीक्षा : बयल गाडाबाट सगरमाथा चढ्ने प्रयास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकार बयल गाडामा चढेर सगरमाथा पुग्न नसकेको आरोहीजस्तै बनेको टिप्पणी गरेको छ। सरकारको एकवर्षे कामकारबाहीबारे आइतबार पत्रकार सम्मेलनमार्फत पार्टीको धारणा प्रस्तुत गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सरकारले जुन गतिमा अगाडि बढ्नुपथ्र्यो, त्यसरी अगाडि बढ्न सकेन। एक वर्षको गतिविधि हेर्दा बयल गाडाको जस्तै सुस्त छ। यसरी समृद्धिको सगरमाथा पुग्न सकिँदैन।’

माओवादीको पेट्रोल र बहुदलीय जनवादको डिजेलको मिश्रणबाट गुडेको वर्तमान सरकारको एकातिर मनस्थिति र अर्कातर्फ परिस्थिति रहेकाले कुनै महत्त्वपूर्ण गर्न नसकेको जिकिर शर्माले गरे।

ओली नेतृत्वको सरकारले जनतको विश्वास तोडेको कांग्रेस ठहर छ। उनले मधेस मुद्दामा संविधान संशोधन विश्वास दिलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी दललाई सरकारमा ल्याए पनि त्यो विषय अहिलेसम्म अगाडि नल्याएको आरोप लगाए। डा. गोविन्द केसीको माग, ३३ किलो सुन प्रकरण, निर्मला पन्तको बलात्कारपछि हत्याका सम्बन्धमा सरकार चुकेको ठहर कांग्रेसको छ।

प्रवक्ता शर्माले सरकार लोकतान्त्रिक आवरणमा रहे पनि उसको आचरण लोकतान्त्रिक नभएको टिप्पणी गरे। उनले भने, ‘लोकतन्त्रका कारण काम गर्न सकिएन भन्नु, मूल्यवृद्धिमा सुका माना घिउको प्रसंग ल्याउनु, गोविन्द केसीको मुद्दामा एकदुईजना असन्तुष्ट भइहाल्छन् नि भन्नु, प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु, सामाजिक सञ्जालमाथि बन्देज लगाउन खोज्नु सरकार अलोकतान्त्रिक चरित्र हुन्।’ 

यस्तै संघीयताको बाँकी कार्यभार पूरा गर्ने सन्दर्भमा सरकार गम्भीर नभएको आरोप कांग्रेसले लगाएको छ। संघीयताको तीनवटै चरण कांग्रेसकै नेतृत्वमा भए पनि अहिले सरकारले बाँकी काम गर्न नसकेको कांग्रेसको ठहर छ। प्रवक्ता शर्माले भने, ‘बितेको एक वर्षमा बाँकी कार्य पूरा गर्न सरकार गम्भीर भएन। प्रदेशको नाम र राजधानीको नामकरण टुंगो लगाउन सकेन। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको व्यवस्था गर्न सकिएको छैन।’ उनले शक्तिलाई प्रधानमन्त्री कार्यालयमा केन्द्रीकृत गरी संघीयताको मर्म नबुझेको आरोप लगाए। शर्माले भने, ‘सरकार प्रदेश सरकारलाई बलियो बनाउने सन्दर्भमा गम्भीर छैन। संघीयतालाई कमजोर बनाउन लागि परेको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि देशवासीका नामममा गरेको सम्बोधनलाई कांग्रेसले तेस्रो श्रेणीमा पनि पास हुन नम्बर नपुगेको निबन्धको संज्ञा दिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।