बिहीबार, वैशाख १३, २०८१

बजारमा सुनको कच्चा पदार्थको अभाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- सुनचाँदी व्यवसायीहरुले मुलुकमा सुनको कच्चा पदार्थको सधैं समस्या रहेको बताउदै आएका छन्। नेपाल सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले सुनको कच्चा पदार्थको सधैं समस्या हुने गरेको बताए। कच्चा पदार्थको अभावले व्यवसाय नै धरापमा परेको उनको दुखेसो छ। सुनचाँदी व्यवसायमा भएका विकृति विसङ्गतिलाई समेत राज्यस्तरबाट नै सुधार गर्नुपर्ने उनको धारणा छ।

मञ्चको दोस्रो साधारणसभाबाट नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चलाई जिल्लास्तरमा विस्तार गरिनुपर्ने वताए। कार्यक्रममा उनले केन्द्रमा मात्रै सिमित नबनाइ ७७ वटै जिल्लामा विस्तार गरिनुपर्ने धारणा राखे।

मञ्चको सल्लाहकार समेत रहेका मुख्यमन्त्री शाहीले आफू मात्रै नभई सबै नेपालीलाई समृद्धितर्फ अग्रसर हुने वातावरण निर्माणमा लाग्नुपर्ने बताए। मञ्चले तत्कालका समस्याहरु छफलफल गरेर अगाडी बढ्नु पर्ने उनको भनाइ छ। 

मञ्चका महासचिव खेम तिरुवाले सुनचाँदी व्यवसायीहरूलाई सुरक्षाको अभाव रहेको बताए। राज्यले सुनचाँदी व्यवसायीहरूलाई सुरक्षा दिन नसकेको उनले बताए। ‘सुनचाँदी व्यवसायीको क्षेत्रलाई राज्यले सुरक्षा दिन सकेको छैन,’ उनले भने ‘यसलाई राज्यले संवेदनशील क्षेत्र मानेर सुरक्षा दिनुपर्छ।’मञ्च राजनीति गर्ने थलो नभएकाले यसलाई शुद्ध सुनचाँदी व्यवसायीहरूको हक अधिकारका लागि लड्ने साझा मञ्चको रूपमा लिनुपर्ने उनको जोड छ।

नेपाल रत्न आभुषण महासंघका अध्यक्ष कृष्ण महर्जनले सुनचाँदी व्यवसायीहरूले इमान्दार भएर काम गर्नुपर्ने बताए। विश्वकर्मा एकता समाजका अध्यक्ष गोपालप्रसाद विश्वकर्माले सुनचाँदी क्षेत्रमा भएका चुनौतीलाई सामना गर्ने हिसाबले मञ्च गठन भएकाले यसलाई सबैले प्रोत्साहन र सहयोग गर्नुपर्ने बताए। सुनचाँदी व्यसायमा संलग्न सबै व्यवसायीहरू हिजोसम्म कालीगढ भएको बताउँदै आजको दिनमा तिनै कालीगढहरु उद्योगको रूपमा स्थापित भएको बताए। 

माघ १९ गते ललितपुरको गोदावरीमा भएको मञ्चको दोस्रो साधारणसभाले एकजना वरिष्ठ उपाध्यक्षसहित चारजना उपाध्यक्ष एकजना महासचिव, दुईजना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, लेखा प्रमुख, दुई लेखा सदस्य सहित ६ जना नयाँ सदस्यहरू चयन गरेको थियो।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्