बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • प्रचण्डजीलाई हामीले शान्ति प्रक्रियामा ल्याएका हौं : टोपबहादुर रायमाझी [अन्तर्वार्ता]

प्रचण्डजीलाई हामीले शान्ति प्रक्रियामा ल्याएका हौं : टोपबहादुर रायमाझी [अन्तर्वार्ता]

 |  शुक्रबार, असार २५, २०७८

बीपी अनमोल

बीपी अनमोल

शुक्रबार, असार २५, २०७८

२०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको वैधानिकता ऋषि कट्टेल नेतृत्वको पार्टीलाई दिँदै दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीचको एकतालाई अवैधानिक हुने फैसला गरेको थियो। यसपछि माओवादीतर्फका रामबहादुर थापासहितका केही नेताहरू केपी शर्मा ओली नेतृत्वको एमाले पक्षमा समाहित भए।  तिनै नेताहरू अहिले आफ्नै पूर्वपार्टी पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन्। शुक्रबार पनि उक्त निवेदनमा कारबाही प्रक्रिया अघि बढाउने माओवादीबाट ओली पक्षको एमालेमा लागेर केही दिन मन्त्री बनेका टोपबहादुर रायमाझीसहितका नेताहरू निर्वाचन आयोग पुगेका थिए। निर्वाचन आयोगमा जानुपर्ने कारण, माओवादी खारेजीको मागदाबीसम्बन्धी उजुरी, ओली नेतृत्वको एमालेमा लागेका पूर्वमाओवादी नेताहरूको जिम्मेवारीलगायतका विषयमा टोपबहादुर रायमाझीसँग गरिएकाे कुराकानीको सम्पादित अंश :

triton college

तपाईंहरू आज फेरि निर्वाचन आयोग ‍पुग्नुभएछ नि?

हो, गएका हौं।

किन जानु भएको हो?

प्रचण्डजीको पार्टी असंवैधानिक र गैरकानुनी भएको विषयमा आयोगलाई ध्यानाकर्षण गराउन हामी आयोग गएका हौँ। गैरकानुनी र अवैधानिक भए पनि प्रचण्डजीको पार्टीले जुन निर्णय गर्दै गइरहेको छ, त्यसविरुद्ध हामी आयोग गएका हौँ। हाम्रा राष्ट्रियसभा सदस्य र स्थानीय तहका जनप्रनिधिलगायतलाई प्रचण्डजीको पार्टीले कारबाही गर्दै गएको छ, थर्काउँदै गएको छ। तर उहाँकाे दल आफैँ वैधानिक छैन, संविधान र कानुनअन्तर्गत छैन। त्यसले कुनै राजनीतिक दलसम्बन्धी ऐन पनि मान्दैन। माओवादी व्यक्तिवादी पार्टी हाे। यसले  महाधिवेशन पनि गर्दैन र लोकतान्त्रिक विधि पनि मानेकाे छैन। अवैधानिक पार्टीले जनताबाट चुनिएका वैधानिक प्रतिनिधिलाई कारबाही गर्ने हैसियत कसरी राख्छ? यो हाम्रो प्रश्न हाे, हामी यसमै मुद्दा चलाइरहेका छाैँ। त्यसमा के भइरहेको छ? कसो भइरहेको छ? कहिले निर्णय हुन्छ? छिटो गरिदिनुपर्‍यो भन्न हामी गएका हौं।

corrent noodles
Metro Mart

केही समयअघिसम्म तपाईंहरू पनि त्यही पार्टीमा हुनुहुन्थ्यो। त्यसबेला तपाईंहरू चुप लागेर बस्नुभयो। अहिले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कारबाही गरेपछि मात्र त्यहाँ जानुभयो। यसअघि त तपाईंहरूले  त्यो विषय उठाउनुभएको थिएन नि?

हैन, हामीमाथि कारबाही भएकाे धेरै पछि मात्र हामी निर्वाचन आयोगमा गएका हौँ। हामीले त्यसलाई त मतलबै राखेका थिएनौं। संसद्को कुरा पनि हामीले त्यति चासो राखका थिएनौं। स्थानीय तहमा पनि कारबाही गर्ने काम थालेपछि हामी त्यसविरुद्ध गएका हौँ। राष्ट्रियसभाको उपचुनावमा रामबहादुर थापा र चन्द्रबहादुर खड्का उम्मेदवार थिए। आफूले उम्मेदवार नउठाएर कलम र रुखमा भोट हालेर यति पूर्वाग्रही भइसकेपछि हामीले पनि काउन्टर दिनुपर्‍याे नि त। 

पार्टीलाई संस्थागत रुपमा चलाउन हामीले धेरै गर्‍यौँ। तर रूपान्तरण भएन। पार्टी एकताका माध्यमबाट अगाडि आइयो। अब त्यो कहाँ लोकतान्त्रिक विधिअनुसार चल्ने पार्टी बन्यो र? छाडेर हिडेँ।

प्रचण्डजीसँग २९ वर्षसम्म संघर्ष गरेर बसियो नि त। थुप्रै विषयमा असहमति थियो हाम्रो। उनीहरुले त पूरै काउन्टर दिए।  उनलाई हामीले काउन्टर नदिएको भए उनले पार्टी कहाँ पुर्‍याउँथे? पार्टीलाई संस्थागत रुपमा चलाउन हामीले धेरै गर्‍यौँ। तर रूपान्तरण भएन। पार्टी एकताका माध्यमबाट अगाडि आइयो। अब त्यो कहाँ लोकतान्त्रिक विधिअनुसार चल्ने पार्टी बन्यो र? छाडेर हिँडेका हाैँ।

तपाईंहरू एमालेमा गइसकेपछि दलले कारबाही त गर्नु त स्वाभाविकै होइन र? 

कहिले छोड्यौं हामीले माओवादी पार्टी? हामी त माओवादी छोडेर नेपाल कम्युनिस्ट पार्टी नेकपा भइसक्या हो। त्यही नेकपा अदालतको आदेशले एमाले बनाइदिएपछि हामी एमालेमा रहेका हौँ। तर हामी नेकपा नै हौँ।  

तर, अहिले त तपाईंहरु एमाले हुनुहुन्छ नि त?

होइन। एमाले त कानुनी कुरा हो। सारमा हामी नेकपा नै हो। पार्टी एकता गर्दा प्रथम अध्यक्ष केपी शर्मा ओली हुनुभएकाे हो। दलको नेता सर्वसम्मत चुनिएको र संस्थापन पक्ष त्यही भएको हुनाले हामी उहाँसँगै बसिराखेको हाैँ। भइदियो के भने पछि आएर अदालतले एमाले र माओवादी बनाइदियो। हामीले त पहिले नै आफ्नो निर्णय गरिसक्या थियौँ।

माओवादीमा रहुन्जेल सक्नुभएन, एमाले कार्यकर्ता भइसकेपछि प्रचण्डलाईं काउन्टर दिनु खोज्नुभएको हो?

होइन, होइन। प्रचण्डजी त नेपाललाई पेरु बनाउनेवाला थिए। हामी बाबुरामसहितका नेताहरूले हाम्रो लाइनअनुसार प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याएका हाैँ। 

फेरि अहिले फेरि माओवादीमै फर्किने वातावरण बनाउन काउन्टरका रुपमा आयोग जानुभएको हो भन्ने हल्ला पनि बाहिर छ। खास कुरा के हाे?

त्यस्तो पनि कतै हुन्छ? पार्टीमा फर्किने भन्ने इच्छा भए यस्तो किसिमको वारपारको लडाइँ कसैले लड्छ?

अहिले एमालेमा एकता हुने गरी वार्ता भइहेकाे छ? यसले पनि तपाईंहरुलाई गाह्रो भइराखेको त होइन?

एकताको कुरा हुनु खुसीको विषय हो। यसमा हामी एकदम खुसी छाैँ। हामी त भन्दै आइरहेका छौं- तपाईंहरु मिल्नुस्, हाम्रो चिन्ता नमान्नुहोस्। हामी त बृहत् कम्युनिस्ट आन्दोलनका लागि लागेका मान्छे हौं। टोपबहादुर रायमाझी त व्यक्तिगत रुपमा पार्टी एकता गराउन प्रचण्ड र  ओलीलाई राति २ बजे गएर भन्ने मान्छे म हुँ। माओवादीसँग पनि २९ वर्षसम्म लडेर धेरै चिजमा लडेकै हौँ। प्रचण्डजी त नेपाललाई पेरु बनाउनेवाला थिए। हामी बाबुरामसहितका नेताहरूले हाम्रो लाइनअनुसार प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याएका हाैँ। 

प्रचण्डलाई राष्ट्र, जनता, विकास र समृद्धि मतलब भएन। माओवादी भन्ने त पछि भएको कुरा हो। प्रचण्डका आफ्ना व्यक्तिगत इच्छा पूरा भएनन्। उनी जताजता जान्छन्, त्यतैत्यतै जाने कुरा हुन्छ? उनी कम्युनिस्ट पार्टी हुँदा क्रान्तिकारी हुने, हामीचाहिँ गैरक्रान्तिकारी भन्ने पनि कतै हुन्छ? ओलीलाई प्रथम अध्यक्ष उनले मानिरहँदा उनी चाहिँ क्रान्तिकारी हुने अनि  हामीले मान्दा चाहिँ गैरक्रान्तिकारी हुन्छ र? एमाले र माओवादी त पछिको कुरा हो। त्यो बाध्यात्मक स्थिति हो। प्रचण्डलाई पनि बाध्यता भयो। हामीलाई पनि बाध्यता भयो। फेरि हामीलाई प्रचण्डप्रति पनि पूर्वाग्रह छैन। उहाँको विचारचाहिँ  यथास्थितिवादी नै भयो।

तपाईंहरु चाँहि दुइटा कम्युनिस्ट पार्टी मिल्न सक्ने ठान्नुहुन्छ? त्यही हिसाबले तपाईंहरुले प्रयास गरिरहनुभएको हो?

यसमा त हाम्रो प्रयास निरन्तर हुन्छ। नेपालमा वास्तवमा वामपन्थीको बाहुल्य छ। तर वामपन्थी नेताहरूको चिन्तन व्यक्तिवादी छ। विभाजनवादी छ। म त पार्टी एकताको लागि प्रयास गरिराखेको छु। एक भइसकेपछि पनि बचाउनका लागि प्रयास गरेर एकताको अभियानमा हिँडेको मान्छे हुँ।

४५ जनाको नेकपा स्थायी कमिटीमा २३-२४ जना स्थायी कमिटी सदस्य त हाम्रो टिममा थिए। त्यो थ्रिग्रिन नपाउँदै विभाजनतिर गएर साथीहरू यताउति गएका मात्रै हुन्। होइन भने त पार्टी एकताको पक्षमा छ। एकताका पक्षमा लाग्दालाग्दा प्रचण्डजीहरू रुपान्तरण हुनुपर्‍यो नि। कार्यशैलीमा सुधार गर्नुपर्‍यो। त्यो सुधार भयो भने हामीलाई कुनै आपत्ति छैन। एकता गर्न हुन्न भन्ने पनि होइन।  

एमाले एक भयो भने तपाईंहरूको व्यवस्थापन कसरी होला?

कानुनी रुपमा के छ भन्ने कुरा आफ्नो ठाउँमा छँदै छ। हामीले विचार के राख्छौँ भन्ने कुरा मुख्य हो। गाइड गर्ने त विचारले हो।  कहीँकतै हामीले नचाहँदानचाहँदै मान्नुपर्ने स्थिति पनि हुन्छ। कहिलेकाहीँ त्यस्तो बाध्यात्मक स्थिति आउन पनि सक्छ। चित्त नबुझ्दानबुझ्दै पनि पार्टी हो भन्नु पर्ने हुन सक्छ। 

तपाईंहरूलाई पनि सम्मानजनक भूमिका त चाहिएला नि?

हामीले इन्कार गुर्नपर्ने त कारण छैन। उहाँहरुले हाम्रो हैसियत त बुझ्नुभएकै छ। पार्टी एकता गर्दा पनि हाम्रो हैसियत क्लियर भएको थियो। हामी कुन स्ट्यान्डर्डमा थियौं भन्ने कुरा त हुन्छ नि।

प्रकाशित: Jul 09, 2021| 13:50 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...