बिहीबार, वैशाख १३, २०८१

'नेपाल अफगानिस्तानमा दिगो शान्ति चाहन्छ'

सरकारले अफगानिस्तानमा भएका हालैका घटनाक्रमलाई नजिकबाट नियाली रहेको जनाउँदै सम्बद्ध सबै पक्षलाई निर्भयता, सुरक्षा र सर्वसाधारणको भलाई सुनिश्चित गर्न अपरिहार्य भएकामा जोड दिएको हो।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- अफगानिस्तानमा शान्ति, सुव्यवस्था कायम हुनुपर्नेमा नेपालले जोड दिएको छ। सरकारले अफगानिस्तानमा भएका हालैका घटनाक्रमलाई नजिकबाट नियाली रहेको जनाउँदै सम्बद्ध सबै पक्षलाई निर्भयता, सुरक्षा र सर्वसाधारणको भलाई सुनिश्चित गर्न अपरिहार्य भएकामा जोड दिएको हो।

परराष्ट्र मन्त्रालयले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी 'मानव जीवन र सम्पत्तिको रक्षा, शान्ति, सुव्यवस्था तथा स्थायित्व कायम गर्न, देश छाड्न चाहने सबैलाई सडक, विमानस्थल वा सीमा नाकाबाट सुरक्षित एवं व्यवस्थितरुपमा प्रस्थानका निम्ति सहजीकरण गर्न पदमा रहेकालाई अन्तर्राष्ट्रिय समुदायले गरेको आह्वानको नेपाल खुलेर समर्थन गर्नाका साथै त्यसको सम्मान गर्न आह्वान गर्दछ,' भनेको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्य राष्ट्र अफगानिस्तानमा दिगो शान्ति र स्थायित्व तथा उक्त देशका मित्रवत् जनताको निरन्तर प्रगति र समृद्धि भएको नेपालले देख्न चाहेको विज्ञप्तिमा उल्लेख छ। रासस

प्रकाशित: Aug 17, 2021| 21:52 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...