काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसी अनसन स्थगित गर्न सहमत भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि डा केसी अनशन स्थगित गर्न सहमत भएको प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको छ।
डा केसी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा भेटवार्ता भएको थियो। डा केसीले दिएको अल्टिमेटम पूरा हुन दुई दिन मात्र बाँकी रहेको अवस्थामा डा केसीले प्रधानमन्त्री देउवालाई भेट गरेका हुन्। भेटमा देउवाले डा केसीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए।
'प्रधानमन्त्री देउवा र डा केसीबीच भएको वार्तामा सहमति भएको छ। डा. केसीले अनसन स्थगन गर्नु भएको छ,' प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको छ।