बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कञ्‍चनपुरमा फेरि ५ किलो सुन समातियाे : गाडेको अवस्थामा फेला

कञ्‍चनपुरमा फेरि ५ किलो सुन समातियाे : गाडेको अवस्थामा फेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
कञ्चनपुर- बिहीबार बिहान १८ किलो सुन बरामत गरेको कञ्चपुर प्रहरीले बिहीबार राति नै थप पाँच किलो सुन बरामद गरेको छ। गाडेर राखेको अवस्थामा शुक्लाफाटा नगरपालिका ११ बस्ने लक्ष्मण तिरुवाको घरबाट प्रहरीले ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो । 

राति विशेष सुचनाका आधारमा प्रहरीले खानतलासी गर्दा लक्ष्मण घरबाट सुन भेटेको हो । लक्ष्मण र उनका दाइ सुरजलाई बिहीबार बिहान प्रहरी १८ किलो सुन सहित पक्राउ गरेको थियो । प्रहरीका अनुसार यो पाँच किलो सुन सोहि १८ किलो सुनको सिरिज हो । 

१८ किलो सुन लक्ष्मणले दाइ सुरजको ससुराली घरमा खाल्टोमुनि लुकाएर राखेका थिए। सुरज नेपाल प्रहरीका कर्मचारी हुन् भने लक्ष्मण भारतीय व्यापारीको चालकको रुपमा काम गर्दै आएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर सिह कडायतले सुन काण्ड बारे अनुसन्धान गर्ने क्रममा पुन लक्ष्मण तिरुवाको घरबाट उक्त परिमाणको सुन बरामद गरेको र बरामद सुन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको जानकारी दिए ।

विहिवार जिल्ला प्रहरी कार्यालय कैलाली-कञ्चनपुर, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र अपराध महाशाखाको संयुक्त टोलीले पुनर्वास नगरपालिका–२ दशरत बस्तीमा घर भित्र खाल्डो खनेर राखिएको अबस्थामा १८ किलो सुन बरामद गरेको थियो । यो संगै कञ्चनपुरवाट जम्मा २३ किलो ६ सय ग्राम सुन बरामद भएको छ ।

भारतीय व्यापारीले नेपालबाट त्यो सुन भारत लगेको हुन सक्ने आशंका छ। सुन बेच्ने र सुनबारे जानकारी भएकालाई मिलाउने विषयमा विवाद हुँदा सुनको सूचना चुहिएको प्रहरी स्रोतले बतायो। 

उपत्यका बाहिर पक्राउ परेको यो ठूलो परिमाणको सुन रुपन्देहीको सुनौली नाकामार्फत कैलाली हुँदै कञ्चनपुर पुगेको थियो। स्रोतका अनुसार यो अवैध सुन हो। सुनका मालिक भारतीय नागरिक भएको र उनी दिल्लीमा बस्दै आएको बताइएको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।