बिहीबार, वैशाख १३, २०८१

लुकाइएको १८ किलो सुन बरामद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
कञ्चनपुर- घरमा लुकाइएको अवस्थामा कञ्चनपुरको पुनर्वास नगरपालिका-२ बाट १८ किलो सुन बरामद गरिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले उक्त सुन पुनर्वास नगरपालिका अन्तर्गत दशरथ बस्तीस्थित भरत बिकको घरमा लुकाएर राखेको अवस्थामा उक्त सुन बरामद गरेको हो ।

सीआइबीका एसपी सुदीप गिरीका अनुसार अलग अलग १०८ वटा सुनका टुक्रा बरामद भएको हो। 'हाम्रो टोलीले दशरथ बस्तीको एक घरबाट सुनका १०८ वटा टुक्रा बरामद गरेको छ', गिरीले भने, 'यो १०८ टुक्रा तौल गर्दा १८ किलो हुन आएको छ।'

प्रहरीले सुन बरामद भएको पुष्टि गरे पनि त्यससँगै पक्राउ परेका व्यक्तिहरुबारे केही पनि खुलाएको छैन। 

पुनर्वासमा अवैध सुन आइपुगेको सूचना पाएपछि सीआइबीका एसपी सुदीप गिरीसिहतको टोली त्यहाँ पुगेको थियो। प्रहरीले सुनसँगै एकजनालाई पक्राउ गरे पनि उनको नाम खुलाएको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।