शनिबार, वैशाख ८, २०८१

आज प्रणय दिवस : यसरी सुरु भयो 'भ्यालेन्टाइन डे'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमडौं- आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । विश्वभर विभिन्न तरिकाले मनाइँदैछ ।

आफूलाई माया गर्ने मायालुलाई रातो गुलावको फूल तथा विभिन्न उपहार दिएर यो दिवस मनाउने गरिन्छ । यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो ।

आजका दिनमा प्रेमी–प्रेमिकाले प्रेमको प्रतीक रातो गुलाब साटासाट गर्ने र औपचारिक रुपमा प्रेम प्रस्ताव राख्ने प्रचलन छ । पश्चिमा संस्कृति भएपनि यस दिवसले नेपालमा हिजोआज निकै स्थान पाइरहेको छ ।

प्रेम गर्नका लागि प्रयोग गरिने सामान खरिद गर्न यतिबेला साना ठूला गिफ्ट पसलहरूमा प्रेमीहरु भरिभराउ छन्।  कुनै चाडपर्व होस् या भावना व्यक्त गर्न, आजकाल कार्डलाई नै माध्यम बनाइएको पाइन्छ। आजको दिनमा विशेषगरी विभिन्न पार्क, सिनेमा हल, रेष्टुराँ तथा मन्दिरहरुमा युवा–युवतीहरुको भीड लाग्ने गर्छ । 

यसरी सुरु भयो भ्यालेन्टाइन डे

भ्यालेन्टाइन डेको सुरुआत सन् २६९ मा भएको मानिन्छ । 

रोमन सम्राट क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा अवरोध हुने र शान्ति सुरक्षामा खलल पुग्ने भन्दै प्रेम गर्न प्रतिबन्ध लगाएका थिए ।

तर, उनको आदेशको अवज्ञा गर्दै पादरी भ्यालेन्टाइनले प्रेम के हो भन्ने बिर्सिसकेका सैनिक युवा–युवतीलाई भटाभट विवाह गराइदिएपछि आक्रोशित सम्राटले उनलाई फेब्रुअरी १४ अर्थात आजकै दिनमा मृत्युदण्ड दिएका थिए । 

झुण्ड्याइनुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए। भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो ।

भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा हरेक फेब्रुअरी १४ लाई ‘भ्यालेन्टाइन डे’का रुपमा मनाउने गरिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।