बिहीबार, वैशाख १३, २०८१

रुपन्देहीका पत्रकारले गरे भत्ता नलिने घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा आबद्ध पत्रकारले कुनैपनि संघसंस्थाबाट भत्ता नलिने भएका छन्। महासंघको साधरणसभाले भत्ताले पत्रकारिता क्षेत्रमा विकृति भित्र्याएको निश्कर्ष निकाल्दै अब उप्रान्त कसैले पनि भत्ता नलिनेगरी सामूहिक निर्णय गरेका हुन्।

जिल्ला शाखा रुपन्देहीका सभापति यानेन्द्र जिसीका अनुसार साधरणसभाले जिल्लाका संघसंस्थाले बाड्ने भत्ता नलिने र पत्रकारलाई भत्ता दिने प्रवृति अन्तय गर्न पहल गर्ने गरी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो।

महासंघका रुपन्देही शाखा सचिव रामप्रसाद आचर्यका अनुसार साधरणसभाले भत्ता लिने र दिने दुबै काम नगर्ने विशेष प्रस्ताव पारित गरेको बताए।

उनले भने , पत्रकारले पैसा नभई समाचार लेख्दैनन भन्ने जस्तो भ्रमात्मक सन्देश फैलाइएको पाइएकोले पत्रकारिताको धर्म अनुसार समाचार संकलनमा जानु दायित्व भएको हुँदा त्यस्तो अवस्थामा कुनै पनि किसिमको भत्ता नदिन सार्वजनिक रुपमा अपिल समेत गरेका छन्। साधरणसभाले ११ वटा प्रस्ताव पारित गरेको छ।

साधरणसभाको पहिलो प्रस्तावको रुपमा नै भत्ता नलिने प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको उल्लेख गरिएको छ। प्रस्तावमा भनिएको छ, ‘विभिन्न संघ संस्थाका कार्यक्रमहरुमा समाचार संकलनका क्रममा जाँदा त्यस्ता संस्थाहरुले उपलब्ध गराउने भत्ता वा कुनै पनि आर्थिक सहयोग नलिने र नदिन आग्रह गर्ने निर्णय गरियो।’

यसैगरी साधरणसभाले दोस्रो प्रस्तावको रुपमा नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गत कार्तिक १ गतेदेखि लागू हुने गरि १२ प्रतिशत बृद्धि गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि सम्पूर्ण सञ्चार गृहलाई आग्रह गर्दै प्रभावकारी अनुगमन र निरीक्षणका लागि सरकार समक्ष जोडदार माग गर्दछ भन्ने प्रस्ताव पारित गरेको छ।

तेस्रो प्रस्तावको रुपमा पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाको सुनिश्चितता गर्नुका साथै पेशागत स्थायित्वका लागि उचित वातावरण निर्माण गरियोस भन्ने छ। चौंथो प्रस्तावको रुपमा हरेक सरकारी सञ्चार माध्यम, प्रतिष्ठान, आयोग, समिति र बोर्डहरुलाई प्रादेशिक ढाँचामा रुपान्तरण गर्न माग गर्दछ।

पाचौं प्रस्तावको रुपमा सञ्चार सम्बन्धि सरकारमा हरेक निकायहरुमा समावेशि र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्न माग गर्दछ।

छैठौं प्रस्तावको रुपमा सामुदायिक तथा निजि सञ्चार संस्थाहरुमा आन्तरिक लैंगिक तथा समावेशी निति बनाई कार्यान्वयनका लागि जोडदार माग गरेको छ। सातौं प्रस्तावको रुपमा पत्रकार महासंघको साधारण सदस्यहरुको सदस्यता शुद्धिकरणका लागि अभियान चलाउने, पत्रकारिता आचार संहिता विपरित भइरहेका गतिविधिहरुको अनुगमन निरीक्षण गर्ने र प्रेसपासको दुरुपयोग रोक्न विशेष अभियान चलाउने निर्णय भयो। आठौं प्रस्तावको रुपमा  विधागत पत्रकारिताको विकासका लागि तालिम तथा क्षमता अभिबृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय भयो।

नवौं प्रस्तावको रुपमा  मोफसलका छापा तथा विद्युतीय सञ्चार माध्यमको स्थायित्व र दीगो व्यवस्थापनका लागि प्रदेश र स्थानीय सरकारहरुलाई नितिगत व्यवस्था गर्न माग गर्दै प्रदेश सरकारले ड्राफ्ट गरेको प्रकाशन प्रशारण विधेयकलाई सञ्चारमैत्री बनाउन माग गर्दछौं।

दशौं प्रस्तावको रुपमा  नेपाल पत्रकार महासंघको विधानमा प्रत्यक्ष निर्वाचन प्रणाली अंगिकार गरि आगामि अधिवेशनबाटै प्रभावकारी ढंगले कार्यान्वयन गर्न माग गर्दछौं।

एघारौं प्रस्तावको रुपमा  समानुपातिक विज्ञापन नितिलाई प्रभावकारी कार्यान्वयन गर्न र स्थानीय सरकारका सूचना तथा विज्ञापनहरुलाई स्थानीय सञ्चार माध्यमबाटै प्रकाशन प्रशारणको व्यवस्था मिलाउन माग गर्दछ। यसरी साधरणसभाले एघारवटा प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको सचिव आचर्यले बताए।

यसअघि साधरणसभाको उद्घाटन गर्दै  सुचना तथा सन्चार मन्त्री गोकुल प्रसाद बास्कोटाले प्रेस कानुन श्रमजीवि पत्रकारको पक्षमा भएको बताए। उनले अध्यारोमा तरबार नचलाउन आग्रह गर्दै भने, ‘विज्ञापन ऐन संसदमा दर्ता गरेर के अपराध गर्याै । नेपालको १२ अरबको विज्ञापन बजारलाई बढाएर २० अरब पुराएर सरकारले के अपराध गर्‍यो। ६५ वर्ष उमेर पुगेका पत्रकारलाई निवृत्तिभरण भत्ता दिदा सरकारले के गल्ती गर्यो’ भनी पत्रकारलाई प्रतिप्रश्न गरेका थिए।

मन्त्री बास्कोटाले  समानुपातिक विज्ञापन ल्याउने तयारी गरेको जनाउदैं केही समयमा ७ वटै प्रदेशमा नया सन्चरग्राम स्थापना गरी सबै प्रेस सम्बन्धि काम हुनेगरि बजेट समेत व्यवस्थापन भईसकेको बताए।  

मन्त्री बास्कोटाले जसले एक दिन जेल बस्न परेन उसले हामिलाई सिकाउने भन्दै प्रतिपक्षि कांग्रेसप्रति आक्रोस व्यक्त गरे। सो अवसरमा नेपाल पत्रकार महासंघका पुर्व सभापति डा महेन्द्र बिस्टले संघियतालाई सहि ढगले अगाडि बढाउन मिडियाले सहि विषयलाई प्राथमिकता दिनु पर्ने बताए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरीले साना मिडिया बलियो नहुँदासम्म श्रमजिवि ऐन लागू हुन नसक्ने बताए।

प्रदेश नम्बर ५ का सांसद कमला विश्वकर्माले समाज परिवर्तनमा पत्रकारिताले धेरै काम गर्न सक्ने भन्दै यसको शक्तिलाई सदपयोग गर्न आग्रह गरेकी थिईन।

पूर्व सांसद विनोद पहाडीले मूलूक संघियतामा गएपनि प्रेस पास तथा अन्य सेवा लिन कठिन भएकाले समाधान गर्न आग्रह गरे। उनले पत्रकारिता क्षेत्रका व्यक्ति सञ्चारमन्त्री भएकाले सञ्चार क्षेत्रलाई राहात र सहजता ल्याउने गरि काम गर्न सुझाव दिए।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले नेपालको समृद्धिका लागि बजेट निति कार्यक्रम र दीगो विकास लक्ष्यमा विमती छैन भने प्राथमिक क्षेत्रमा लगानी भए की भएन त्यसमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले पत्रकारिताले समाचार लेख्न र प्रकाशन गर्नुअघि पटक पटक सोँच्न आग्रह गरे। मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले पत्रकारिता नागरिकको पहिलो अदालत रहेको बताए।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीकास सल्लाहाकार खिमानन्द भट्टराई, नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, लुम्बिनी सामुदायिक टेलिभिजनका अध्यक्ष एजाज आलम, उत्कृष्ट पत्रकारिता मूल्यांकन समितिका संयोजक डिआर घिमिरे, शैक्षिक पत्रकारिता पुरस्कार मूल्यांकन समितिका संयोजक इन्दिरा अर्याल, लगायतले बोल्दै पत्रकारितालाई विश्वसनीय बनाउन आग्रह गरे। कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिको अध्यक्षता, सचिव रामप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको हो। 

तीन पुरस्कार वितरण

साधारणसभाकै अवसरमा नेपाल पत्रकार महासंघले विभिन्न निकायसँग मिलेर स्थापना गरेको तीन वटा पुरस्कार वितरण गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरले संयुक्त रुपमा स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार डायलसन अधिकारी र पत्रकार भगवती पाण्डे पुरस्कृत भएका छन ।

अधिकारी उत्कृष्ट पत्रकारिता पुरस्कार २०७३ र पाण्डे उत्कृष्ट पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार पाण्डे पुरस्कृत भएका हुन ।  दुवै जनालाई नगद ५०÷५० हजार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ  । प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा, बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीले पुरस्कार वितरण गरेका हुन । अधिकारी रेडियो नेपाल र इलगन अनलाईनमा आबद्ध छन भने पाण्डे लुम्बिनी सामुदायिक टेलिभिजन र सेतोपाटी अनलाईनमा आबद्ध छन।

यसैगरि नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल पब्लिकसँगको सहकार्यमा स्थापना गरिएको शैक्षिक पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार लक्ष्मण पोखरेल सम्मानित भएका छन। नगद १० हजार सहित सम्मानपत्रले प्रमुख अतिथि सञ्चार मन्त्री बाँस्कोटा र बुटवल पब्लिकका अध्यक्ष हेमलाल शर्माले संयुक्त प्रदान गरेका हुन । पोखरेल अन्नपूर्ण पोष्ट दैनिक प्रदेश ५ को प्रमुखमा कार्यरत रहेका छन ।

पूर्व अध्यक्ष एंव सल्लाहाकार सम्मानित

पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी र सल्लाहाकारलाई पनि सम्मान गरिएको छ । नेपाली पत्रकारिताको जगलाई बलियो बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेकाले शाखाले सम्मान गरेको हो । पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, विनोद पहाडी, हरि लम्साल, डिआर घिमिरे, मोहन चापागाई, दीपक ज्ञवाली र शेरबहादुर केसीलाई सम्मान गरिएको हो ।

यसैगरि प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, दिल साहनी, बसन्त पोखरेल, प. बाबुराम भट्टराईलाई मरोपरान्त सम्मान गरिएको छ । यसैगरि सल्लाहाकारहरु खिमानन्द भट्टराई, माधव नेपाल, नारायण सापकोटा र चेतन पन्तलाई सम्मान गरिएको छ । प्रमुख अतिथि मन्त्री बाँस्कोटा र महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन ।   

अक्षय कोषका लागि ५ लाख घोषणा

साधारणसभाकै अवसरमा पत्रकार महासंघको ३० लाख रुपैयाँ अक्षयकोष बनाउने लक्ष्यमा तिलोत्तमा नगरपालिका सहभागी भएको छ  । तिलोत्तमा नगरपालिकाले आगामि आर्थिक बर्षमा उपलब्ध गराउने गरि ५ लाख रुपैयाँ अक्षयकोषलाई दिने घोषणा गरेको छ । साधारणसभामा बोल्दै नगरप्रमुख घिमिरेले नगद ५ लाख उपलब्ध गराउने घोषणा गरेका हुन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।